कारोबार


कामु गभर्नर भन्छिन्ः बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम छैन, केही समय धैर्य गरौँ

कामु गभर्नर भन्छिन्ः बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम छैन, केही समय धैर्य गरौँ

नेपालखबर
चैत २८, २०७८ सोमबार १२:५३, काठमाडौँ

नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छिन्। 

सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै कायममुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताएकी हुन्। 

उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेको बताइन्। 

तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको कायममुकायम गभर्नर ढुङ्गानाले दाबी गरिन्। उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन्। 

नेपालको गरिबी निवारण तथा वित्तीय पँहुचभन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गरिन्। 

उनले भनिन्, ‘समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुद नेपालको कुल जनसंख्याको १८ प्रतिशत हिस्सा अझै पनि गरिबीको रेखामुनि छ। अझै पनि २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय पँहुचभन्दा बाहिर रहेको स्थितिमा लघुवित वित्तीय संस्थाहरुले गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ।’ 

लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तीकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मद्दत गर्दै आएको उनको भनाइ छ। 

लघुवितले वित्तीय पहुँचबाट वञ्चित भएका समुदायलाई वित्तीय पहुँच पु¥याएर स्वरोजगार बनाएको छ। अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा लघुवित संस्थाहरुमा पनि तरलताको चाप परेको ढुंगानाले बताइन्। 

‘ब्याजदरको समेत समस्या छ। अहिले लुघुवित्तले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको छ। सधैँभरि सहज परिस्थिति हुँदैन। व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ। निश्चिय नै स्थिति सुधार हुन्छ’, उनले भनिन्। 

का.मु गभर्नर ढुंगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुद पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिसा गरिबीको रेखामुनि रहेको बताइन्। उनले लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तीकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad