एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्रयाच एण्ड क्याच द क्यास’ नामक अफर सन्चालनमा ल्याएको छ।
उक्त अफर अन्तर्गत कम्पनीले यही चैत १५ देखि ३१ वैशाख २०७९ सम्म मोटरहेडका बाइक खरीद गर्ने ग्राहकहरूका लागि ७ हजार रुपैयाँदेखि रु.१ लाख सम्म स्क्रयाच गरी छुट पाउन सकिने व्यवस्था र अफर अवधिभर खरीद गर्ने ग्राहकहरू मध्ये १ जना भाग्यशाली विजेतालाई रु.२ लाख ७ हजार नौ सय प्रदान गरिने कम्पनीले जनाएको छ।
देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा यो अफर उपलब्ध रहनेछ।
सिधै नगद छुट भन्दा यस प्रकारको स्क्रयाच अफरमा ग्राहकहरुको छुट्टै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जानकारी गराए।
मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स/सर्भिस/स्पेयर को सुविधा सहित डिलर रहेको छ।
साथै बिक्री पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द्रको पनि विस्तार गर्दै आएको छ।
हाल मोटरहेडका वाइकहरु तीन लाख ५ हजारदेखि शुरु भई अधिकतम ४ लाख ५५ हजारसम्ममा उपलब्ध छन्।
सबैको पहुँचमा रहेको मोटरहेड बाइकको यहि मुल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो बाइक मन पराइएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया