ad ad

कारोबार


बेकोको ‘सेट अ न्यू ट्रेडिसन’ योजना सार्वजनिक

बेकोको ‘सेट अ न्यू ट्रेडिसन’ योजना सार्वजनिक

नेपालखबर
चैत ११, २०७८ शुक्रबार २१:५७, काठमाडौँ

युरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सेट अ न्यू ट्रेडिसन’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।   

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिएल वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा १ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेटका साथै पिजन फ्राइ प्यान उपहार पाइन्छ।       

उक्त योजना यही चैत ११ देखि सिमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको  सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ।

सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .