ad ad

कारोबार


अनलाइन पठनपाठनलाई तिब्रता दिँदै राकुटेन भाइबर

अनलाइन पठनपाठनलाई तिब्रता दिँदै राकुटेन भाइबर

नेपालखबर
माघ २८, २०७८ शुक्रबार २१:१९, काठमाडौँ

राकुटेन भाइबर महामारीको समयमा पनि शैक्षिक गतिविधिहरूलाई गतिशील र प्रभावकारी बनाइराख्न थप सुविधाहरूको साथ आफूलाई अघि सारेको छ। 

कोभिड–१९ को महामारीका बेला थप अनलाइन सञ्चारलाई सकृय तुल्याएको छ। जसले स्कुलहरू र विद्यार्थीहरूलाई मार्ग निर्देशन र कुराकानी गर्न छिटो र प्रभावकारी तरिकाहरू खोज्न उत्प्रेरित गरेको छ।

यो सँगै, भाइबर शैक्षिक गतिविधिहरूलाई अझ प्रभावशाली बनाउन मद्दत पुर्याउने उपकरणहरूलाई प्राथमिकता दिन र विस्तार गर्न एक प्रतिबद्ध मेसेजिङ एप हो। 

प्रभावकारी सिकाइका लागि नेपाल शैक्षिक संस्थाले प्रयोग गरिरहेको सुविधाहरू यस्ता छन्।

ग्रुप च्याट
निजी कम्युनिकेसनका लागि ग्रुप च्याट सबैभन्दा उत्तम प्लेटफर्म हो। यसमा ग्रुपहरू बनाउन सकिन्छ र प्रयोगकर्ताको आवश्यकता अनुसार कस्टमाइज गर्न सकिन्छ जस्तैः अभिभावकरशिक्षक ग्रुप, कक्षा अनुसार ग्रुप, गृहकार्य साझा गर्ने ग्रुप आदि। यस फिचरलाई अझ युजर–मैत्री बनाउनका लागि पोल, क्वीज र भिडियो कलको थप विकल्पहरु पनि छन्। २५० जनासम्म सदस्यहरू बनाउन ग्रुप च्याटले अनुमति दिन्छ जहाँ भाइबरमा रजिस्टर भएको मोबाइल नम्बर मात्र थप्न मिल्दछ। यसले ग्रुपको गोपनीयतालाई सुरक्षित गर्नुको साथै प्रयोगकर्ता थप्ने अटो(स्पामलाई हटाउँदछ। त्यसैगरी, ग्रुप च्याट भित्र सदस्यहरूले अडियो र भिडियो कल गर्नुको साथै ग्रुपभित्र र बाहिर मेसेज पनि गर्न सक्छन्। 

कम्युनिटी
कुनै पनि विषय सार्वजनिक रूपमा उपलब्ध गराउन सकिने भएकोले कम्युनिटीहरू मानिसहरूको ठूलो ग्रुप ट्याप गर्नका लागि प्रयोग गर्न मिल्ने सबैभन्दा उत्तम प्लेटफर्म हो। विद्यालय र संस्थाहरूले यसलाई थप गतिशील बनाउन सक्छन् र आफ्ना कम्युनिटीहरूलाई सार्वजनिक रुपमा सजिलै भेटाउन र पहिचान गर्न सकिन्ने बनाउन सक्नेछन्। यसलाई सूचना प्रसारण गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ र कम्युनिटी सदस्यहरूलाई सकृय रहन प्रोत्साहन गर्न सकिन्छ जुन शैक्षिक संस्थाहरूका लागि महत्वपूर्ण कुरा हो। कम्युनिटी सदस्यहरूले शैक्षिक गतिविधिबाहेक अतिरिक्त पाठ्यक्रम क्लबहरू जस्तै सङ्गीत, नृत्य, कला, खेलकुदले यसबाट राम्रो फाइदा उठाउन सक्दछन्। 

यस कम्युनिटीले असीमित सङ्ख्यामा सदस्यहरू बनाउने अनुमति दिन्छ जसले गर्दा आफ्नो प्रतिभा साझा गर्नका लागि उत्कृष्ट प्लेटफर्म बन्न सक्दछ। यसमा जसले पनि साझा गर्न मिल्ने वा एक्सक्लुसिभ सदस्यहरूले मात्र साझा गर्न मिल्ने ओपन र क्लोज्ड छलफल गर्न मिल्छ र सजिलो व्यवस्थापनका लागि उत्कृष्ट एडमिन मातहत पनि छ। अर्कोतर्फ, यसले सदस्यहरूलाई उनीहरूको गोपनीयताको पूर्ण नियन्त्रण गर्न अनुमति दिन्छ किनकि उनीहरूको मोबाइल नम्बरहरू पूर्वनिर्धारित रुपमा लुकाइएको हुन्छ र निजी मेसेजहरू प्राप्त गर्न प्रतिबन्ध लगाउन सक्छ।

भाइबरका अनुसार एपको अन्य सुविधाहरू, जो एकदमै उपयोगी छन्।

क्वीज
क्वीज सदस्यहरूसँग अन्तरक्रिया गर्न डिजाइन गरिएको प्रभावकारी सुविधाहरू मध्ये एक सुविधा हो जहाँ एडमिनले प्रश्न गर्छ र उत्तरदाताहरूले छिटो जवाफ दिन सक्छन् साथै आफू सही वा गलत थिएँ भनेर पनि पत्ता लगाउन सक्छन्। क्वीजलाई कार्यन्वयन गरेर सिक्ने प्रकृयाका लागि र विद्यार्थीहरूलाई सक्रिय राख्न शैक्षिक संस्थाहरूले यसबाट फाइदा लिन सक्छन्। यो सुविधा ग्रुप च्याट, र कम्युनिटी दुबै प्लेटफर्ममा उपलब्ध छ। कम्युनिटीहरू( जस्तै नेपाल अनलाइन स्कूल जस्ता कम्युनिटीहरूले यस सुविधाको अधिकतम फाइदा उठाइरहेका छन्। विज्ञान, इतिहासस भूगोल, सामान्य ज्ञान र अन्य धेरै कुराहरू आफ्ना सदस्यहरूसँग संलग्न गराउनका लागि क्वीज साझेदारी गरिएको छ।

पिन मेसेज
ग्रुप कम्युनिटीको सबैभन्दा शीर्ष स्थानमा पिन गरेर महत्वपूर्ण मेसेजप्रति सबैको ध्यानाकर्षण गराउनका लागि अत्यन्तै काम लाग्ने फिचर हो। यसले सदस्यहरूलाई महत्वपूर्ण मेसेज सहजै भेटाउन र हेर्न सकिने सुविधा सृजना गर्दछ। जतिसुकै धेरै मेसेज लेखिए पनि चाहे त्यो साइन अप सिट, निर्देशन वा गृहकार्य होस् मेसेजको चाङमा नहराइकन सजिलै देख्न मिल्ने बनाउदछ। यो फिचर सदस्यहरूबीच जुन सूचना प्रचार गर्न आवश्यक छ त्यस्ता सूचना पिन गर्नका लागि प्राय स्कुलहरूले प्रयोग गर्ने गर्छन्। ग्रुपरकम्युनिटी पुनस् भ्रमण गर्ने कुनै पनि सदस्यले शीर्षमा सूचित मेसेज देख्न सक्नेछ। 

पोल
पोलहरू विद्यार्थीहरूको सहभागिता र कुनै पनि बिषयमाथि उनीहरुको विचार र दृष्टिकोण बिश्लेषण गर्न प्रभावशाली रहेको छ। कम्युनिटी र ग्रुप च्याटका सदस्यहरूलाई सक्रिय राख्न बिभिन्न रोमाञ्चक पोलहरू साझा गरिएका छन्। 

माथि उल्लेखित फिचरहरूले समान रुपमा समर्थन गर्ने र अनलाइन र अफलाइन शैक्षिक प्रकृयाका लागि भाइबरलाई पूर्ण र शक्तिशाली प्लेटफर्म बनाउँदछ। साथै, भाइबरलाई नेपालमा शिक्षाका लागि एक एकीकृत सञ्चार प्लेटफर्म बनाउन, शिक्षा इकोसिस्टमलाई समर्थन गर्न २०२२ मा थप सुविधाहरू घोषणा गरिने भाइबरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .