ad ad

कारोबार


बंगलादेशबाट कामदार लैजान मलेसियाले नयाँ प्रणाली सुरु गर्ने

बंगलादेशबाट कामदार लैजान मलेसियाले नयाँ प्रणाली सुरु गर्ने

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ८:७,

मलेसियाले पुनः नयाँ प्रणालीबाट बंगलादेशी कामदार लैजाने भएको छ। बंगलादेशी मिडियाका अनुसार बंगलादेशका प्रवासी कल्याणमन्त्री इमरान अहमदले बंगलादेशी कामदारका लागि मलोसियाली श्रमबजार पुनः खुल्ला भएको जानकारी दिएका हुन् ।

श्रमबजार खुल्ला गरिएसँगै रोजगारदाताले मलेसियामा रहेको एजेन्सीहरुका माध्यमबाट बंगलादेशी कामदार लैजान सक्ने उनले बताए। द डेलिस्टार अनलाइनका अनुसार यसअघिको सिधै बंगलादेशमा रहेका एजेन्सीहरुबाट कामदार लैजाने प्रणाली पनि कायमै रहेको उनको भनाइ छ।

दक्षिणपूर्वी एसियाली देशको भर्खरै भ्रमणका क्रममा यस्तो सहमति भएको उनले जानकारी दिए । नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै रोजगारदाताले मलेसियामा रहेको एजेन्सीमा आवश्यक कामदार माग गर्नुपर्नेछ । त्यसपछि उक्त संस्थाले नै बंगलादेशी मेनपावरसँग सम्पर्क गरी कामदार मलेसिया पठाउनेछन् । तर सीमित बंगलादेशी एजेन्सीले मात्रै कामदारको माग लिन सक्नेछन् । पछिल्लो प्रणाली दुई देशबीचको मौजुदा सहमतिमै थप गरिएको मन्त्रालयका सचिव सलिम रेजाले बताए ।

उक्त सहमतिले यही नोभेम्बर २४ र २५ मा ढाकामा हुने संयुक्त कार्यदलको बैठकमा अन्तिम रुप पाउनेछ । यसबाहेक यसअघि सहमति हुन नपाएका थुप्रै विषयमा समेत दुई देशले एमओयू गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .