ad ad

कारोबार


सर्वोत्तम सिमेन्टको साधारणसभाः ६० लाख कित्ता सेयर निष्काशन र खानी खरिदको निर्णय अनुमोदन

सर्वोत्तम सिमेन्टको साधारणसभाः ६० लाख कित्ता सेयर निष्काशन र खानी खरिदको निर्णय अनुमोदन

नेपालखबर
माघ १२, २०७८ बुधबार १७:२०, काठमाडौँ

सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

मंगलबार भएको उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको छ। 

सर्वप्रथम, लेखा परीक्षकको प्रतिवेदनसहितको आव २०७७÷२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय भएको कम्पनीले जनाएको छ। 

त्यसैगरी आ.व.२०७७÷२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरेबमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टर्ड एकाउन्टेण्ट्सलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

साथै, विशेष प्रस्तावहरुअन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन ६० लाख कित्ता सेयर निष्काशन बुक बिल्डिङ्ग  विधिबाट गर्ने निर्णय भएको छ। 

त्यसैगरी, धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाख रुपैयाँमा खानी खरिद गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय समेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .