ad ad

कारोबार


१० वर्षमा ४९ प्रतिशतले बढ्यो सहरमा बस्ने नेपालीको संख्या!

१० वर्षमा ४९ प्रतिशतले बढ्यो सहरमा बस्ने नेपालीको संख्या!

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०७८ बुधबार ११:२९, काठमाडौँ

सहरमा बस्ने नेपालीको जनसंख्या ६६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको नेपालको जनगणनाअनुसार सहरी जनसंख्या ह्वात्तै बढेको हो। 

२०६८ सालमा सहरी जनसंख्या १७.०७ प्रतिशतमा रहेकोमा अहिले ६६.०८ प्रतिशत पुगेको हो। 

ग्रामीण जनसंख्या ३३.९२ प्रतिशतमा झरेको छ। १० वर्षअघि ग्रामीण जनसंख्या ८२.९३ प्रतिशत थियो। 

नेपाल सरकारबाट घोषित २९३ नगरपालिकामा रहेको जनसंख्यालाई सहरी र ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण जनसंख्या मानी तथ्यांक सार्वजनिक गरेको छ। 

संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्र अनुसार वर्गीकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसंख्या ३६.८१ पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .