सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ।
ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो। उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो बुवाको बीमा गराएकी थिइन्।
बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले रु.१५ लाख ५० हजारको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरिन्।
चेक हस्तान्तरण कार्यक्रममा बानेश्वर शाखाका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरु किसोर पोख्रेल, रिदुम राई, दावा शेर्पा, अन्य एजेन्सी म्यानेजरहरु चन्द्रलक्ष्मी खड्गी, पेशल के.सी. लगायतको उपस्थिती थियो।
669
Shares
प्रतिक्रिया