ad ad

कारोबार


तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सुरु गर्ने

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सुरु गर्ने

नेपालखबर
माघ ७, २०७८ शुक्रबार २०:०, काठमाडौँ

तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरु गर्ने भएको छ। इलाम नगरपालिका र तारा एयर प्रा.लि.बीच त्यहाँको सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा माघ ३ गते सम्झौता भएको थियो।

सम्झौता अनुरुप आगामी फागुन ८ देखि प्रत्येक आइतबार काठमाडौंबाट सुकिलुम्बा विमानस्थलमा उडान–अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए।

इलाममा हवाई उडानको यो सम्झौताको लागि पहल गर्नु भएका पूर्वका पर्यटन व्यवसायी शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फाी भाडा रु आठ हजार ७०० तोकिएको छ। सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ।

नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको समेत उनले जानकारी दिए। 

‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो। इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ। त्यहाँ पर्यापर्यटन, कृषि–पर्यापर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ। हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने हाम्रो अपेक्षा छ’ शाहले भने। 

पूर्व जान चाहने आन्तरिक पर्यटकको  संख्या बढि रहेपनि सडक यातायातबाट जादाँ बढि समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनले बताए।

इलाममा, सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन  तथा इलाम सदरमुकाम, पशुपतिनगर आदी पर्यटकीय आर्कषणका केन्द्र हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .