झण्डै ६ दशकको अवधि पार गर्न सफल नेबिको ब्राण्डले नयाँ भवन उद्घाटन गरेको छ।
सो भवनमा ब्रेकफास्ट सिरियल्स जस्तै, ओएट्स, कर्नफ्याक्स, चोकोजलगायतका प्रोडक्टहरु तयार गरि बिक्रि बितरण गरिने कम्पनीले जनाएको छ।
सोही प्रोडक्टहरु केही समयअघि देखिनै बजारमा टेस्ट मार्केटिङका उद्देश्यले उपलब्ध भइसकेका छन्।
कम्पनीका कार्यकारी सञ्चालक राजेश कुमार रौनियार, हरिश चन्द, प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद भट्टराईबाट संयुक्त रुपमा सोहि युनिटको उद्घाटन भएको छ।
थप आधुनिक मेशिन जडान गरी गुणस्तरमा अझ एकरुपता कायम होस भन्ने उद्देश्यले थप लगानी गरिएको सञ्चालक रौनियारले बताए।
12
Shares
प्रतिक्रिया