चालू आर्थिक वर्षमा समग्रमा ४ खर्ब ऋण लगानी बढ्दा घरजग्गा र मदिरा उद्योगमा ऋण प्रवाह घटेको छ।
मंसिरसम्म सग्रम ऋण प्रवाह १०.३ प्रतिशत बढ्दा घरजग्गामा ६० प्रतिशत र मदिरा उद्योगमा करिब ३ प्रतिशत कर्जा घटेको हो।
गत असार मसान्तसम्म घरजग्गामा ३ खर्ब १६ अर्ब रुपैयाँ ऋण लगानी भएकोमा मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ। ५ महिनामा १ खर्ब ९० अर्ब रुपैयाँ ऋण लगानी घटेको राष्ट्र बैंकले जनाएको छ।
उत्पादनमूलक उद्योगमा १० प्रतिशत ऋण प्रवाह हुँदा मदिरा उद्योगमा २.८ प्रतिशतले घटेको छ। मदिरा उद्योगमा ६३ करोडले ऋण प्रवाह घटेको हो।
गत असार मसान्तसम्म २२ अर्ब ७६ करोड रुपैयाँ ऋण लगानी रहेकोमा मंसिरमा घटेर २२ अर्ब १२ करोड रुपैयाँमा झरेको छ।
अघिल्लो वर्षको असार मसान्तमा १८ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा मंसिरमा १८ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो। चालू आर्थिक वर्षको साउनमा २२ अर्ब ७६ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
Shares
प्रतिक्रिया