कारोबार


नबिलले कमायो २ अर्ब १८ करोड खुद नाफा

नबिलले कमायो २ अर्ब १८ करोड खुद नाफा

नेपालखबर
माघ ७ , काठमाडौँ

नबिल बैंकले चालू आर्थिक वर्षको छ महिनामा २ अर्ब १८ करोड १४ लाख २० हजार खुद नाफा गरेको छ। 

यो अवधिमा बैंकको यो नाफा गत वर्षभन्दा ८.२० प्रतिशतले बढी हो। 

शुक्रवार सार्वजनिक बैंकको वित्तीय विवरणअनुसार गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा २ अर्ब १ करोड ६० लाख २३ हजार थियो। 

यस वर्ष बैंकको सञ्चालन नाफा ८.६० प्रतिशत बढेर ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार पुगेको छ। गत वर्ष यस्तो नाफा २ अर्ब ८६ करोड ८५ लाख ७७ हजार थियो। 

यो अवधिमा वितरणयोग्य नाफा १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ।  

३३ दशमलव ६० प्रतिशत बोनस सेयर बाँडेको बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार पुगेको छ। 

बैंकको जगेडा कोषमा १४ अर्ब ६२ करोड ६४ लाख ८४ हजार रहेको छ।  

बैंकको निक्षेप संकलन गत वर्षभन्दा ४ प्रतिशत बढेर २ खर्ब ३२ अर्ब ५५ करोड ४७ लाख ३९ हजार पुग्दा कर्जा प्रवाह पनि ८ दशमलव ६८ प्रतिशत बढेर २ खर्ब १५ अर्ब २० करोड ६१ लाख ९५ हजार पुगेको छ। 

निष्क्रिय कर्जा ०.६ प्रतिशतबाट बढेर यो वर्ष १.११ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २३.५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ छ।

माघ ७, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad