ad ad

कारोबार


३२ अंकले बढेको नेप्से फेरि २९ सय विन्दुमाथि, कारोबार रकम पुरानै लयमा

३२ अंकले बढेको नेप्से फेरि २९ सय विन्दुमाथि, कारोबार रकम पुरानै लयमा

नेपालखबर
माघ ६, २०७८ बिहिबार १५:१७, काठमाडौँ

सेयरबजार आज हरियो भएको छ। साताको अन्तिम कारोबार दिन नेप्से ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा पुगेको छ। 

आज सेन्सिटिभ सूचक पनि ४.०९ अंकले बढेको छ। तरलता सूचक २.३२ अंकले र सेन्सिटिभ तरलता सूचक १.४१ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आजको कारोबारमा १६० कम्पनीको सेयर मूल्य बढेको, २६ वटाको घटेको र ५ वटाको अपरिवर्तित अवस्थामा रहेको नेप्सेले जनाएको छ। 

दिनभरिमा ७५ हजार ५ सय ८२ पटकको खरिदबिक्रीमा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँको कारोबार भएको छ। 

आज १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर बिक्री भएका छन्। 

आज मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै तेह्रथुम पावर कम्पनी लिमिटेडको पनि सोही दरले सेयर बढेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि आज १० प्रतिशत हाराहारीमै आम्दानी गरेका छन्। 

यसबाहेक ङादि हाइड्रोपावर र गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि कमाएका छन्। 

त्यस्तै लगानीकर्ताहरुले आज ४.३९ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। आज २२ करोड रुपैयाँसम्मको अधिकतम कारोबार भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .