ad ad

कारोबार


मूल्यवृद्धिसँगै बढ्यो विश्वका मानिसहरुको जीवनयापन लागत, ७ कारण

मूल्यवृद्धिसँगै बढ्यो विश्वका मानिसहरुको जीवनयापन लागत, ७ कारण

नेपालखबर
माघ ६, २०७८ बिहिबार १४:११, काठमाडौँ

किराना सामग्रीदेखि घर तताउने सामग्रीसम्मको मूल्य विश्वभर बढिरहेको छ। 

मूल्यवृद्धि उच्च भएसँगै विश्वका मानिसहरूको जीवनयापन लागत (कस्ट अफ लिभिङ) पनि माथि चढिरहेको छ । अहिले विश्वमा महंगी दर उच्च भएको छ ।

अहिले सन् २००८ यताकै उच्चविन्दुमा पुगेको छ महंगी । यसका सात कारण यस्ता छन् –

१. ऊर्जा र इन्धनको मूल्य बढ्नु :
हुन त महामारीको सुरुमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेको थियो तर त्यसपछि माग ह्वात्तै बढ्यो र यो हप्ता त सात वर्षयताकै उच्चविन्दुमा पुग्यो ।

अमेरिकामा पेट्रोलियम पदार्थ एक ग्यालनको ३.३१ अमेरिकी डलर औसत मूल्य पर्छ जुन एक वर्षअघि २.३८५ अमेरिकी डलरमा आउँथ्यो । बेलायत र युरोपमा पनि यसको अवस्था उही छ । ग्यासको मूल्य पनि यहीअनुसार बढेको छ । गत वर्ष एसियाबाट माग बढ्दा र युरोपमा चिसो मौसम हुँदा ग्यासको भण्डारण नै रित्तियो ।

२. वस्तु अभाव : 
महामारीका बेलामा धेरै दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो । मानिसहरू गत वर्ष लकडाउनका बेला घरमै बस्न बाध्य हुँदा घरायसी सामग्रीको प्रयोग बढ्यो । न रेष्टुराँ जान पाए न त विदामा घुमघाममै । एसियाजस्ता स्थानमा उत्पादकहरूले धेरैले कोरोना संक्रमण नियन्त्रणार्थ उत्पादन नै बन्द गर्नुपर्यो ।

उनीहरूले त्यसयता माग धान्न नै संघर्ष गर्दै आएका छन् । यसले प्लास्टिक, कंक्रिट र स्टिलजस्ता वस्तुको अभाव हुनथाल्यो जसले मूल्यवृद्धि निम्त्यायो । सन् २०२१ मा बेलायतमा काठको मूल्य त सामान्य अवस्थामा भन्दा ८० प्रतिशतभन्दा धेरैले बढेको छ ।

अमेरिकामा यो दोब्बर बढीले बढेको छ । मुख्य अमेरिकी खुद्रा बिक्रेता नाइक र कोस्टकोले उनीहरूको मूल्य आपूर्ति शृंखला लागत बढेको भन्दै बढाएका छन् । र, त्योसँगै माइक्रोचिप्सको अभाव छ जुन कार, कम्प्युटर र अन्य घरायसी वस्तुका लागि मुख्य सामग्रीको रूपमा प्रयोग हुन्छ ।

३. जहाज भाडा (शिपिङ कस्ट)
विश्वका शिपिङ कम्पनीहरू जसले विश्वमा सरसामग्री ओसारपसारको काम गर्छन् उनीहरूलाई महामारीपछि बढ्दो मागले हैरान पारेको छ । यसको मतलब रिटेलरहरूले ती सामान स्टोर गर्न धेरैभन्दा धेरै पैसा तिर्नुपर्ने भयो ।

परिणामतः उपभोक्ता मूल्यवृद्धि ह्वात्तै बढ्यो । एसियाबाट ४० फिटको एक कन्टेनर युरोपमा पठाउन अहिले १७ हजार अमेरिकी डलर लाग्छ जुन भनेको एक वर्षअघिभन्दा १० गुणा धेरै हो जतिखेर यो १५ सय डलर मात्रै लाग्थ्यो । यसलाई हवाइ ढुवानी शुल्कले पनि सहयोग गरेको छ नै, युरोपमा लरी चालकहरूको अभावले पनि साथ दिएको छ ।

४. तलबमान वृद्धि : 
धेरै मानिसहरूले महामारीमा काम छोडे या त परिवर्तन गरे । अमेरिकामा अप्रिलमा मात्रै ४० लाख मानिसभन्दा धेरैले काम छाडेको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ । जुन हालसम्मकै धेरै हो । परिणामतः कम्पनीहरूले चालक, खाद्य प्रक्रिया मिलाउने र रेष्टुराँ वेइटरजस्ता कर्मचारीको अभाव सामना गरे ।

५० मुख्य अमेरिकी खुद्रा बिक्रेताको एक सर्वेअनुसार ९४ प्रतिशतले खाली ठाउँ पदपूर्ति गर्न समस्या भोग्नुपरेको थियो । यसको परिणाम कम्पनीहरूले काममा आकर्षित गर्न तलब बढाए, बोनस घोषणा गरे । म्याकडोनाल्ड र अमेजनले दुई सय डलरदेखि एक हजार डलरसम्मको बीचमा बोनस अफर गरिरहेका छन् ।

तर त्यसले कर्मचारी लागत बढायो र यसको चाप उपभोक्तामा पर्न गयो । कपडाको विश्व ब्रान्ड नेक्स्टले सन् २०२२ को लागि योजना गरिएको मूल्यवृद्धिलाई यसको दोष दिएको छ ।

५. जलवायु प्रभाव :
विश्वका धेरै ठाउँमा असामान्य मौसमले पनि महंगी बढाउन योगदान गरेको छ । आँधीजन्य विपद्ले विश्व तेल आपूर्तिमा क्षति पु¥याउँदा असर पुगेको छ । त्योसँगै माइक्रोचिप्सको अभावले समस्या निम्त्याएको छ । त्यस्तै ब्राजिलजस्ता धेरै कफी उत्पादन गर्ने देशले लागत बढाउँदा पनि महंगीमा योगदान पुगेको छ ।

६. व्यापार बाधा :
धेरै महंगो आयातले पनि मूल्यवृद्धिमा योगदान पुगेको छ । ब्रेक्जिटपछिका व्यापार नियमले युरोपबाट बेलायतमा आयात घटेको छ । युरोप घुम्ने बेलायतीमाथि रोमिङ शुल्क पुनः लाग्ने देखिएको छ । चिनियाँँ वस्तुमाथि अमेरिकी आयात शुल्कवृद्धिले पनि उच्च मूल्यवृद्धिमा मद्दत पुगेको छ ।

७. महामारीलक्षित राहत  बन्द :
विश्वभरका सरकारले महामारीका बेला दिएको राहत अब क्रमशः अन्त्य गर्दै लगेका छन् । जसले कर बढ्दा कस्ट अफ लिभिङ बढेको छ तर मानिसहरूको तलब परिवर्तन भएको छैन ।

धेरै विकसित अर्थतन्त्रले कामदार संरक्षण गर्ने नीति लिएका छन् । केही अर्थशास्त्रीहरू यसले महंगी झनै बढाउने बताउँछन् । बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .