ad ad

कारोबार


नबिल बैंकका अध्यक्ष पौडेलले लिए शपथ

नबिल बैंकका अध्यक्ष पौडेलले लिए शपथ

नेपालखबर
माघ ५, २०७८ बुधबार २१:५९, काठमाडौँ

नबिल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले शपथ लिएका छन्। 

सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो।

सो अवसरमा गभर्नर अधिकारीले नबिल बैंकले ३७औँ साधरणसभा सम्पन्न गरेको तथा अहिलेसम्म गरिआएको कार्यहरुलाई प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरे।

शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो। साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए।

नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई मिति २०७८ पौष ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनी एनबी (इन्टरनेसनल) लि. को प्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .