ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवमा २४९ जनाले गरे रक्तदान

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवमा २४९ जनाले गरे रक्तदान

नेपालखबर
माघ ५, २०७८ बुधबार १६:८, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरूमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन्।

त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरमा भएको रक्तदान कार्यक्रममा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगञ्जमा भएको रक्तदान कार्यक्रममा २९ जना गरी कुल २४९ जनाले रक्तदान गरेका छन्।  

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .