ad ad

कारोबार


‘सहज च्यालेन्ज फण्ड’ का लागि आवेदन खुल्ला, कुल बजेट १ करोड ९५ लाख

‘सहज च्यालेन्ज फण्ड’ का लागि आवेदन खुल्ला, कुल बजेट १ करोड ९५ लाख

नेपालखबर
माघ ५, २०७८ बुधबार १३:३७, काठमाडौँ

सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड’ का लागि आवेदन खुल्ला गरिएको छ। 

मंगलबार आयोजित भर्चुअल पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको घोषणा गरिएको हो।

पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा. राम नन्दन तिवारी, मोरङ व्यापारिक संघका नवनिर्वाचित अध्यक्ष नविन रिजाल, पूर्वान्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. बिजु कुमार थपलिया, कृषि बजार विकास कार्यक्रमकी डेपुटी टिम लिडर रिमा श्रेष्ठ, वित्तीय पहुँच विशेषज्ञ, कृषि बजार विकास कार्यक्रमकै ब्रजेश मल्ल, आईडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, मिडियाकर्मीहरु, आइडिया स्टुडियो नेपालका कर्मचारी गरी ४८ जनाको उपस्थिति थियो। 

प्रदेश नम्बर १ मा कृषि उत्पादनहरुको आपूर्तिशृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा देखिँदै आएका प्रमुख अवरोध तथा चुनौतीहरुलाई सम्बोधन गर्न उक्त फण्ड सञ्चालन गरिएको छ।

नवीनतम व्यावसायिक योजना भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्नेछन्। 

आवेदकहरुले प्रदेश नम्बर १ मा कृषि उत्पादनहरुको आपूर्तिशृंखला तथा ढुवानी र मूल्यअभिवृद्धिमा रहेका समस्याहरुको समाधान प्रस्तुत गर्नुपर्नेछ ।  कार्यक्रमका लागि आवेदन मिति २०७८ फागुन ६ गते सम्म दिन सकिनेछ। 

आवेदकहरुको व्यवसायिक योजना नवप्रवर्तनात्मक, समाधानमुखी र व्यावसायिकरुपमा व्यावहारिक हुनुपर्नेछ्र।

सहज च्यालेन्ज फण्डको पहिलो चरणको कुल बजेट १ करोड ९५ लाख नेपाली रुपैयाँको हुनेछ। जसमा सबैभन्दा ठूलो सहयोग राशी ५० लाख रुपैयाँसम्मको हुनेछ। 

यसरी छनौट गरिएका आवेदकले नगद रााशीसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .