ad ad

कारोबार


अस्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई खुसीको खबरः हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने

अस्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई खुसीको खबरः हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन


नेपालखबर
माघ ५, २०७८ बुधबार १२:१८, काठमाडौँ

अस्ट्रेलियाले विद्यार्थी भिसामा आउने विद्यार्थीले काम गर्नेसम्बन्धी नियम खुकुलो पारेको छ। 

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले विद्यार्थी भिसामा आएकाहरुलाई प्रतिहप्ता २० घण्टा मात्रै काम गर्न पाउने नियम परिवर्तन भएको बताएका हुन्। 

उनका अनुसार अब अस्ट्रेलियामा रहेका बाहिरका विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउनेछन्। कार्यबल चुनौतीलाई सामना गर्न भिसा आवेदनमा समेत मरिसनले छुटको घोषणा गरेका छन्। 

यसअनुसार आजदेखि नै अस्ट्रेलिया आइपुग्ने विद्यार्थीको भिसा आवेदन शुल्क छुट हुने भएको छ। यो नियम आगामी आठ हप्ताका लागि रहनेछ। आवेदन शुल्क अहिले ६३० डलरजति रहेको छ। यसबाट एक लाख ५० हजार विद्यार्थी लाभान्वित हुन सक्नेछन्। 

केही दिनअगाडि नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँगको शिष्टाचार भेटमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको समस्यालाई आत्मसात् गर्दै हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने वातावरण मिलाउन आग्रह गरेका थिए।  

आज अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा उक्त कुरा समावेश भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .