ad ad

कारोबार


किशोरी पाइलट जाराः जसले सोलो उडानमा एकैपटक टारिन् आँधी–डढेलो र उत्तर कोरियाको क्षेप्यास्त्र

किशोरी पाइलट जाराः जसले सोलो उडानमा एकैपटक टारिन् आँधी–डढेलो र उत्तर कोरियाको क्षेप्यास्त्र

जारा कोर्ट्रिक वेभेल्जेम एयरफिल्ड बेल्जियममा गत अगष्ट १८ मा हात हल्लाउँदै। फाइल तस्बिर : AP


एसोसिएट प्रेस
माघ ५, २०७८ बुधबार ८:५७, काठमाडौँ

‘अवोइड ताइफुन इन द फिलिपिन्स। चेक...
स्टियर क्लियर अफ म्यासिभ क्यालिफोर्निया वाइल्डफायर्स। चेक..
किप अवे फ्रम टेस्ट मिसाइल्स इन नर्थ कोरिया। ह्वाट? वेइट!’

(फिलिपिन्समा आँधीबाट बच्नु। विशाल क्यालिफोर्निया डढेलोबाट बच। उत्तर कोरियामा मिसाइल (क्षेप्यास्त्र) परीक्षणबाट टाढा रहनु। हजुर? पर्खिनुस्!) 

किशोरी पाइलट जारा रथरफोर्डले पहिलोपटक कीर्तिमानी चुनौतीहरु बोकेर आकाशमा उडेपछि उत्तर कोरियाली एयरस्पेस र उनको अल्ट्रालाइट विमानको बाटो हराइदिने विशाल खतरनाक बादल छिचोल्दै गर्दा थोरै अनौठो थोरै डरलाग्दो परिस्थिति सामना गरिन्। 

‘उनीहरु कुनै चेतावनीविनै एकैपटक क्षेप्यास्त्र परीक्षण गर्छन्’, रथरफोर्डले भनिन्। 

अझ महत्वपूर्ण त उनी कसैले नबोलाई प्रवेश गर्नेमध्ये एक अन्तिम ठाउँबाट उड्न केवल १५ मिनेट टाढा थिइन्। 

त्यही कारण सोल (दक्षिण कोरियाको राजधानी) पुग्न उत्तर कोरियाको कुनै कुना काट्न सकिन्छ कि भनेर उनले आफ्नो कन्ट्रोल टिमलाई सम्पर्क गर्न रेडियो अन गरिन्।

ककपिटबाट लस एन्जेलसको हलिउड साइन हेर्दै जारा। तस्बिरः फ्लाईजोलो/एपी

‘उनीहरुले तुरुन्तै भने– जे गर्नुहुन्छ गर्नुस् तर उत्तर कोरियाली एयरस्पेसतिर नजानुस्!’

भाग्यवश बादलहरुले राम्रै सहयोग गरे र उनले आइपर्नसक्ने खतरा (क्र्यास कोर्स) लाई निरन्तरता दिनुपरेन। 

१९ वर्षको उमेरमा १५० दिनभन्दा लामो समय विश्व परिभ्रमणको एकल उडान सम्पन्न गरी अहिलेसम्मकै कान्छी महिला बन्न सोमबार बेल्जियमको कोर्ट्रिकमा एकसिटे शार्क स्पोर्ट एयरक्राफ्ट ल्यान्ड गर्दै थिइन् उनी। 

हालसम्म अमेरिकी पाइलट शाएस्ता वाइजले ३० वर्षको उमेरमा बनाएको कीर्तिमान नै कायम छ। 

रगतमै उडान !
छ वर्षदेखि नै साना विमानमा उनले यात्रा अनुभव बटुलिरहेकी छिन्। उनका बाबुआमा नै पाइलट भएकाले उनको रगतमै उडान मिसिएको छ। 

१४ वर्षको हुँदा उनी आफैँ विमान उडाउन थालिन्। १ सय ३० घण्टा लामो एकल उडानले उनलाई कीर्तिमान बनाउने महत्वाकांक्षा जगायो। त्यो उडानको ठूलो अर्थ रहेको उनी बताउँछिन्। 

उनको विमान अन्तिम अवतरणसँगै त्यो न्युयोर्कको जेएफकेजस्ता विमानस्थलमा ठूला पार्क गरिएका जहाजजस्तै देखिँदा बेल्जियन–ब्रिटिश किशोरी आफूजस्तै विश्वभरका महिलामा उडानप्रतिको लगाव र ठेट विज्ञान, गणित, इन्जिनियरिङ र प्रविधिको अध्ययनका लागि उत्साह भर्न चाहन्छिन्। 

उनका लागि दुई गणितीय तथ्यांक छ– मात्र ५ प्रतिशत व्यावसायिक पाइलट र १५ प्रतिशत कम्प्युटर साइन्टिस्ट मात्रै महिला छन्। 

‘यो लैंगिक अन्तर विशाल छ’, उनले भनिन्। 

ग्रिनल्यान्डमा बालबालिकासँग फोटो खिचाउँदै जारा। तस्बिरः फ्लाईजोलो/एपी 

जब सोलो उडान सुरु भयो...
जब उनको ककपिटमाथि क्यानोपी बन्द भयो र अर्को ६–८ घण्टासम्मको उडान सुरु भयो, विश्व पुग्ने बुलन्द सोचहरुसँगै उनी आफैँमा केन्द्रित भइन्। 

भिजुअल फ्लाइट रुल्स (देखिने उडान नियम) प्रयोग गर्दै खास गरी देखेसम्म जाने। 

जब उनी राति, बादल र कुहिरोमा पुगिरहँदा विचित्रका नेभिगेसनल इन्स्ट्रुमेन्टहरु प्रयोग गर्न सक्षम हुन्थिन्, खतरा पनि धेरै नजिक लुकिरहेको हुन्थ्यो। 

सिटलतिर पालो एल्टोबाट उत्तरी क्यालिफोर्निया पार गर्दै उनी ठूलो जंगली डढेलो मुँस्लोतिर अघि बढिन्। धूवाँ छल्न जति उनी १० हजार फिटसम्म उचाइ लिन्थिन् त्यति उनलाई भुइँतिर आँखा राख्न गाह्रो परिरहेको थियो। 

‘धूवाँ एकदमै माथि माथि आइरहेको थियो, मैले सुन्तलाजस्तो धूवाँ र आगाको मुँस्लोबाहेक केही देख्नै पाइनँ’, रथरफोर्डले भनिन्। उनले आफ्नो रुट बदलेर क्यालिफोर्नियाको रेडिङमा योजनाविनाको अवतरण गर्नुपर्यो। 

बादल कि पहाड? 
साइबेरियामाथि त प्रकाशका किरणले उनको आँखालाई झुक्यायो। उनी कहिले पहाडजस्तो देख्थिन्, कहिले बादलजस्तो। 

‘र, मेरा लागि बादलहरु साँच्चै ठूलो कुरा थिए। खासगरी रुसमा। एकदमै चिसो स्पर्श।’ 

यस्ता बादल काटिरहँदा उनको विमानका पखेटामा धेरै बरफ जम्नसक्थे, जसले नियन्त्रणमा प्रभाव पर्नसक्थ्यो।  

‘त्यतिबेला त तपाईंको विमान विमानजस्तो नै हुँदैन’, उनी भन्छिन्। 

त्यो र त्यस्तै दुर्भाग्य उनको रुटका कतिपय ठाउँमा हुनसक्थ्यो जब उनले छ घण्टामा एउटामात्रै गाउँ देखिन्। 

‘यदि केही गलत हुन्छ कि भन्ने महशुस गरेँ, उद्धारको लागि म घण्टौँभन्दा घण्टौँ टाढा थिएँ र सतहमा यो माइनस ३५ डिग्री सेल्सियस तापक्रममा थियो’, उनले भनिन्, ‘र मैले सोचेँ कि खासमा म माइनस ३५ डिग्री सेल्सियसमा कतिसम्म बाँच्न सक्छु थाहा छैन।’ उनलाई पत्ता लगाउनु पनि थिएन। 

चीनले इन्कार गरेपछि उत्तर कोरिया हुँदै सोलसम्म !
सामान्य अवस्थामा परियोजना कठिन हुन सक्थ्यो तर महामारीले अर्को जटिलता थप्यो–जसले अप्रत्यक्ष रुपमा उत्तर कोरियाको यात्रा गनुपर्यो। 

चीन हुँदै सोल जाने अन्य वैकल्पिक योजना त्यतिबेला तुहियो जब चिनियाँले कोरोनालाई कारण देखाउँदै उनलाई अनुमति दिन इन्कार गर्यो। 

रथरफोर्डकै भनाइमा त्यसले निकै दिक्क बनायो। ‘म ६ हजार फिट (१८ सय मिटर)मा उडिरहेको विमानमा थिएँ’, उनी भन्छिन्, ‘म त साह्रै प्रभावित हुने थिएँ साँच्चै मैले यसरी नै कोभिडलाई पनि पार गर्न पाए।’

समग्रमा खराब मौसम, टायर पञ्चर र भिसासम्बन्धी समस्याले दुई महिनाको योजना पूरा हुन तीन महिना लगाइदियो। उनी ग्रिसको क्रिटमा हुँदा एपीले रथरफोर्डलाई फोनसम्पर्क गरेको थियो। त्यहाँ समेत बाल्कानमाथिको मौसम प्रतिकूल हुँदा उनले केही दिन उड्न पाइनन्। 

साउदी अरेबियाको मरुभूमिमाथि उडान भर्दै जारा। तस्बिरः फ्लाईजोलो/एपी 

अनि मनमा खराब कुरा खेल्थ्यो 
यसले उनलाई योजना पूरा हुने नहुने सोचले अस्थिर बनाइरह्यो।

‘जब तपाईं आफ्नो जीवनका लागि डराइरहनुभएको छ, यसले अलि बढी मनमा यी कुरा खेल्छ नै’, उनले भनिन्, ‘भन्न खोजेको बादलै बादलले मलाई मार्न पनि सक्छ।’ 

धनी देशहरुमा, ‘हामी विशाल सुरक्षा भएको त्यस्तो संसारमा हुर्किन्छौँ’, उनी भन्छिन्, ‘खासमा अलास्का, रुस वा ग्रिनल्यान्डमाथि उड्दा त्यतिखेर तपाईं महशुस गर्नुहुन्छ कि यहाँ सेफ्टी नेट नै छैन। जस्तो कि यो साँच्चै मजस्तै। केही भइहाले यहाँ मेरा लागि मद्दत गर्ने कोही छैनन्।’

हुन त यो संसार विशाल फराकिलो छ तर अब उनका लागि यो सानो ग्रह भएको छ। डरभन्दा बढी यो संसारमा बाँच्न सकिन्छ भन्ने भएको छ। उनले साउदी अरेबियाको मरुभूमिको बालुवा र चट्टानको बदलिरहने रंग, उत्तरी अलास्काको बाँझोपन, क्यालिफोर्नियाको क्युपर्टिनोमा रहेको विशाल गोलाकार एप्पल पार्क वा आइसल्याण्डको सुनसान टापु इलियोएईमा रहेको संसारको सबैभन्दा एक्लो घर भनिने लगायतबारे सपनाकै जसरी कुरा गरिन्। 

र उनी केही सजिला केही आनन्दमय क्षणलाई सम्झिन्छिन्। 

‘यो हुनुअघि ..अँ...यो विशाल कठिनतम यात्राजस्तै थियो’, उनले भनिन्, ‘तर खासमा मलाई लाग्छ, तपाईंलाई थाहा छ नि! तपाईंको बिरालोसँगै टिभी हेर्नु पनि विशेष मज्जा लाग्छ। धेरै अद्वितीय!’ एपीबाट अनुदित। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .