ad ad

कारोबार


बतास समूहको पक्षमा उत्रियो वाणिज्य संघ, क्षतिपूर्ति दिन माग

चरित्र हत्या गरिएको गुनासो, आन्दोलन थाल्ने चेतावनी
बतास समूहको पक्षमा उत्रियो वाणिज्य संघ, क्षतिपूर्ति दिन माग

उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ


नेपालखबर
माघ ४, २०७८ मंगलबार १६:५४, काठमाडौँ

नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा भाडा प्रकरणमा निशानामा परेका व्यवसायी आनन्दराज बतास र बतास अर्गनाइजेसनको बचाउमा निजी क्षेत्र उत्रिएको छ। 

नारायणहिटी दरवार संग्रहालयमा क्याफ्टेरिया सञ्चालनबारेको विवादमा व्यवसायीमाथि एकतर्फी प्रहार गर्दै शंकाको भरमा सञ्चारमाध्यमले नै व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएको गुनासो उद्योग वाणिज्य संघ काठमाडौंले गरेको हो। 

‘नारायणहिटी दरबार संग्रहालयमा सरकारले टेण्डर आव्हान गरि सरकार–निजी सहकार्य नीतिअनुसार विधिपूर्वक बतास अर्गनाइजेसनसँग सम्झौता गरी क्याफ्टेरिया संचालन अनुमति दिएको हो’, संघका अध्यक्ष दिनेश श्रेष्ठले भनेका छन्, ‘यसरी कानुनी रुपमा अनुमति पाएपछि निर्माण थालेको अवस्थामा तथ्यहीन समाचारका आधारमा सरकारले एकाएक व्यवसायीलाई एकतर्फी दोष देखाइयो। स्पष्टीकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरणमाथि अंकुश लगाएको महसुस भएको छ।’

वाणिज्य संघले दरबार संग्रहालयमा भत्काइएको बतास समूहको संरचनाको क्षतिपूर्ति दिनुपर्ने पनि माग गरेको छ। 

‘व्यवसायमाथि नियोजित रुपमा  प्रक्रिया र कानुनविपरीत गतिविधिमाथि राज्यले यथाशिघ्र  छानविन गरि सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही र पीडित व्यवसायीलाई क्षतिपूर्ति दिन सम्बन्धित निकाय र सरकारलाई  गम्भीर हुन  ध्यानाकर्षण गराउँछौँ’, संघले भनेको छ, ‘एकतर्फी रुपमा बिन अपराध व्यवसायीमाथि गरिने प्रहारले राज्यमा स्वतन्त्र र सुरक्षित  लगानीको वातावरण नभएको सूचना राष्ट्रिय अन्तराष्ट्रिय जगतमा जाने कुरामा हामी गम्भीर चिन्ता प्रकट गर्दछौँ।’

संघले यो विवादको समाधान खोज्न आनाकानी र ढिलासुस्ती गर्दै व्यवसायीमाथि एकतर्फी प्रहारले निरन्तरता पाएमा निजी क्षेत्रलाई एक बनाई  विरोधका कार्यक्रम घोषणा गर्ने पनि चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .