ad ad

कारोबार


सेयरबजारमा रातो सूचक, झण्डै साढे ८ अर्बको कारोबार

सेयरबजारमा रातो सूचक, झण्डै साढे ८ अर्बको कारोबार

नेपालखबर
माघ ४, २०७८ मंगलबार १५:३६, काठमाडौँ

सेयरबजार आज १०.७८ अंकले घटेको छ। 

बजार परिसूचक उक्त अंकले घटेर आज २९३६.६६ विन्दुमा रोकिएको छ। 

आजको कारोबारमा १ करोड ६० लाख कित्ता सेयर बिक्री भएका छन्। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बिक्री भएको उक्त सेयर ८ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको हो। 

आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहँदा १४१ कम्पनीको घटेको र ४५ कम्पनीको बढेको छ। 

आज सामलिङ पावर कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै मध्यभोटेकोशीका लगानीकर्ताले पनि ८.११ प्रतिशत आम्दानी गरेका छन्। 

लगानीकर्ताहरुले आज ५ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्। आज अपि पावरको सर्वाधिक २८ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .