ad ad

कारोबार


टेस्ला रोडस्टर : गुगलमा सर्वाधिक खोजिएको विद्युतीय कार

टेस्ला रोडस्टर : गुगलमा सर्वाधिक खोजिएको विद्युतीय कार

टेस्ला रोडस्टर इभी


नेपालखबर
माघ ४, २०७८ मंगलबार १४:३३, काठमाडौँ

गत वर्ष विद्युतीय कार प्रयोगको लागि आजसम्मकै ठूलो वर्ष साबित भयो। महामारीको बीचमा चिप अभाव र अन्य पार्टपुर्जा आपूर्तिलगायतका समस्या बिर्सिने हो भने यो निकै चाखलाग्दो विषय रह्यो। 

धेरै सवारीसाधन उत्पादकले धेरै पछि आफ्नो कुल बिक्री संख्यामा खराब नतिजा देख्नुपर्दा केही उत्पादकले हालसम्मकै धेरैभन्दा धेरै विद्युतीय कार बिक्री गरेका छन्। विश्वका नाम कहलाएका ब्रान्डले नै उत्पादन र बिक्रीमा संघर्ष गर्नुपरेका बेला टेस्लाले भने उत्पादन र बिक्रीमै कीर्तिमान कायम गर्न सफल भएको छ। 

लिज फेचरले बहुप्रतीक्षित र रुचाएका ईभीबारे केही तथ्यांक सार्वजनिक गरेको छ। जसअनुसार गुगल सर्चमा ईभीमा धेरै सर्च कुन कारको लागि भयो भन्ने छ। बजारमै नआइसकेका कारमध्ये टेस्लाको रोडस्टरलाई ग्राहकले बहुप्रतीक्षा गरिरहेको पाइएको छ। 

विश्वभर वेबसाइटले १६८ देशमा ईभी सर्चसम्बन्धी गुगलको तथ्यांकअनुसार रोडस्टर सर्वाधिक खोजिएको कार देखिएको हो। सन् २०२१ मा मात्रै यो ८५ लाख ३२ हजार पटक सर्च भएको पाइएको हो। औसतमा भन्नुपर्दा यो कार प्रतिमहिना ७ लाख पटक खोजिएको हुन आउँछ।

बेलायतमा यो धेरै पटक सर्च भएको नतिजा आए पनि टेस्लाकै साइबर ट्रक अमेरिकामा सर्वाधिक खोजी गरिएको थियो। जहाँ रोडस्टर दोस्रो स्थानमा थियो। विश्वभरको खोजीमा भने साइबर ट्रक दोस्रो स्थानमा परेको छ। 

टप ५ मा विश्वभर खोजी गरिएका ईभीमा एप्पल कार, बीएमडब्ल्यू आई४ र चेभरलेट सिल्भेराडो ईभी परेको छ। 

टेस्लाको रोडस्टर सन् २०२३ मा आउँदै छ भने यही वर्ष साइबर ट्रक आउनेछ। एप्पल कार २०२४ मा, बीएमडब्ल्यूको आई४ यही वर्ष आउने भएको छ। त्यस्तै सिल्भेराडो पनि २०२३ मै रिलिज हुादै छ। 

सबैभनदा धेरै रुचाएको ईभी मोडलमा पनि टेस्लाकै मोडल३ पहिलो नम्बरमा परेको छ। त्यसपछि टेस्लाकै मोडल वाई परेको छ। इनसाइडइभिजबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .