ad ad

कारोबार


नेपालमा थपियो ६ महिनामा ६ सय मेगावाट विजुली

नेपालमा थपियो ६ महिनामा ६ सय मेगावाट विजुली

नेपालखबर
माघ ४, २०७८ मंगलबार ९:४४, काठमाडौँ

नेपालमा विगत ६ महिनाको अवधिमा ६ सय मेगावाट विद्युत उत्पादन भएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म देशभरका ११ वटा आयोजनामा गरेर थप ६ सय मेगावाट विजुली उत्पादन भएको विद्युत् प्राधिकरणले जनाएको छ।

आर्थिक वर्ष २०७८(०७९ मा १ हजार ६ सय २९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले राखेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारले १ हजार ३ सय मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर, त्यतिबेला १ सय ३१ मेगावाटमात्र उत्पादन भएको थियो।

विगत ६ महिनाको अवधिमा ११ आयोजनाबाट नौ मेगावाटको सौर्य (सोलार) सहित ५ सय ९८ मेगावाट विजुली उत्पादन भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

उत्पादन भएको बिजुलीमध्ये प्राधिकरणको सहायक कम्पनीबाट ४ सय ५६ तथा निजी क्षेत्रबाट १ सय ४२ मेगावाट उत्पादन भएको हो।

प्राधिकरणका अनुसार यस अवधिमा सिंगटी खोला जलविद्युत आयोजनाबाट २५ मेगावाट, रिचेत खोलाबाट ४.९८० मेगावाट, अपर तामाकोसीबाट ४ सय ५६ मेगावाट, चन्द्रानिगाहापुर सोलार ४ मेगावाट, माई बेनीबाट ९.५१० मेगावाट, लोअर मोदीबाट २० मेगावाट, बेलचौतारा सोलार ५ मेगावाट, लोअर जोगमाईबाट ६.२ सय मेगावाट, लिखुबाट ४.५२ मेगावाट, अपर छ्याङदी खोलाबाट ४ मेगावाट र लोअर खारे विद्युत आयोजनाबाट ११ मेगावाट विजुली उत्पादन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .