सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षको ६ महिनामा कुल बजेटको १८.७० प्रतिशत मात्रै खर्च गरेको छ।
सहरी विकास मन्त्रीको रुपमा कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा मन्त्री रामकुमारी झाक्रीले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयले यसबारे जानकारी दिएको हो।
यसअनुसार मन्त्रालयले ३० अर्ब ८४ करोड रुपैयाँ कुल बजेट पाएको थियो। सो अनुसार १ अर्ब ९४ करोड चालूतर्फ र २८ अर्ब ९० करोड पुँजीगततर्फ बजेट पाएको थियो।
यसमध्ये मन्त्रालयले चालू आवको ६ महिनामा चालूतर्फ ६९ करोड अर्थात् ३५ प्रतिशत खर्च गर्दा ५ अर्ब ८ करोड अर्थात् १७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको जनाएको छ।
30
Shares
प्रतिक्रिया