ad ad

कारोबार


मोबाइल र इन्टरनेट बैंकिङको प्रयोग बढ्दो, महिनामै खर्ब नाघ्यो कारोबार रकम

मोबाइल र इन्टरनेट बैंकिङको प्रयोग बढ्दो, महिनामै खर्ब नाघ्यो कारोबार रकम

नेपालखबर
माघ ३, २०७८ सोमबार १४:२६, काठमाडौँ

इन्टरनेट र मोबाइलबाटै बैंकिङ कारोबार गर्न सकिने सुविधासँगै पछिल्लो समय यी दुईबाट कारोबार ह्वात्तै बढेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक र मंसिरको तथ्यांकले यही देखाउँछ। 

तथ्यांकअनुसार कात्तिकमा २ लाख ५० हजार १ सय ७७ पटक भएको इन्टरनेट बैंकिङ कारोबार मंसिरमा २ लाख ५३ हजार २ सय ४५ पुगेको छ। 

इन्टरनेट बैंकिङबाट कात्तिकमा ११ अर्ब ८३ करोड २० लाख रुपैयाँ र मंसिरमा १२ अर्ब ७३ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। 

त्यसैगरी कात्तिक महिनामा मोबाइल बैंकिङ कारोबार १ करोड २६ लाख १५ हजार ६ सय ३७ र मंसिरमा १ करोड ३० लाख ६४ हजार ६ सय ८४ पटक भएको छ।

मोबाइल बैंकिङबाट कात्तिकमा ७८ अर्ब १५ करोड ७० लाख र मंसिरमा ८८ अर्ब ५३ करोड १० लाख रुपैयाँको कारोबार भएको छ। 

यसरी हेर्दा इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङबाट कात्तिकमा झण्डै ९० अर्बको कारोबार भएकोमा मंसिरमा यस्तो कारोबार रकम १ खर्ब नाघेको राष्ट्र बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .