ad ad

कारोबार


चर्चित अन्तर्राष्ट्रिय सर्ट फिल्म अब घरमै डिशहोमबाट हेर्न सकिने

चर्चित अन्तर्राष्ट्रिय सर्ट फिल्म अब घरमै डिशहोमबाट हेर्न सकिने

नेपालखबर
माघ ३, २०७८ सोमबार १४:९, काठमाडौँ

डिशहोमबाट विश्वभरका सर्ट मुभी हेर्न पाइने भएको छ। 

अन्तर्राष्ट्रिय पुरस्कार पाएका सर्ट मुभी घरमै डिशहोमबाट हेर्न सकिने भएको हो। 

टेलिभिजन च्यानलमा कमर्सियल र फिचर फिल्म प्रसारण हुँदै आए पनि सर्ट मुभीले प्लेटफर्म पाएका थिएनन्। 

सर्ट टिभीका फाउन्डर तथा सीईओ कार्टर पिल्चरले डिशहोमसँगको सहकार्यमा सर्ट टिभी लञ्च गरेको जनाएका छन्। 

पिल्चरले सर्ट टिभी डिशहोमका टेलिभिजन च्यानलमार्फत हेर्न सकिने बताएका छन्। 

दक्षिण एसियामा सर्ट टिभी लञ्च गर्ने नेपाल दोस्रो देश भएको छ। यसअघि भारतमा सर्ट टिभी लञ्च गरिएको थियो।  

डिश मिडिया नेटवर्कका प्रबन्धनिर्देशक सुदीप आचार्यले सर्ट टिभी च्यानलमार्फत नेपाली मुभी अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्ने बताएका छन्। 

उनले सर्ट टिभीसँगको सहकार्यसँगै नेपालीलाई २ वटा फाइदा हुने बताए। आचार्यले नेपाली कलाकारका सर्ट फिल्म समेत विश्वभर पुग्ने उल्लेख गरे। 

‘सर्ट टिभीसँगको सहकार्यले विश्वभरमा उत्कृष्ट सट फिल्म घरमै बसेर हेर्न सकिन्छ’, आचार्यले भने, ‘नेपालीले बनाएका सर्ट फिल्म पनि सर्ट टिभीको प्लाटफर्मबाट अन्तर्राष्ट्रिय बजारमा पुग्छन्।’

पछिल्लो समय विश्वभर नै सर्ट मुभी धमाधम बन्दै छन्। बलिउड र हलिउडका स्टरहरु सर्ट फिल्म बनाउन थालेका छन्। नेपाली कलाकार समेत सर्ट मुभी बनाइरहेका छन्। 

आचार्यले कोभिड माहामारीको कारण वर्क फ्रम होमको अवस्थामा टिभीमा सर्ट मुभी हेर्दै आनन्द लिनसक्ने बताए। 

डिशहोमको च्यानल नम्बर ९२८ मा सर्ट मुभी हेर्न सकिनेछ। जसमा ओस्कार नोमिनेटेड नेपाली, इन्डियन, टर्किस, इरान, ब्रिटिस, अमेरिक सर्ट मुभी प्रसारण हुनेछन्। 

सर्ट टिभी लाइभ एक्सन, एनिमेसन, डकुमेन्ट्री समेत हेर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .