ad ad

कारोबार


चांगन अटोद्वारा पिकअप ‘हन्टर’ को बुकिङ खुल्ला

चांगन अटोद्वारा पिकअप ‘हन्टर’ को बुकिङ खुल्ला

नेपालखबर
माघ २, २०७८ आइतबार २२:२०, काठमाडौँ

चांगन अटोले आफ्नो प्रिमियम पिकअप ‘हन्टर’ को बुकिङ खुल्ला गरेको छ।   

चांगन अटो, चीनको अग्रणी अटोमोबाइल ब्रान्डले आफ्नो प्रिमियम पिक(अप ‘हन्टर’,७५.५० लाखको सुरुवाती मूल्यमा बुकिङ खुल्ला गरेको छ।

 कम्पनीले जनाए अनुसार यो आफ्नो पहिलो ३० ग्राहकमा लागू हुनेछ। हन्टर सबै खाले भूभाग र बाटोको लागि उचित भएको हुनाले नेपाली ग्राहकहरुको लागि सहि रोजाई हुन सक्ने कम्पनीको दाबी छ।

हन्टरमा १.९ टर्बोचार्ज्ड इन्जिन छ जसमा १९१० सीसीको डीसप्लेसमेन्ट रहेको छ र यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ।

यस प्रिमियम पिक–अपको ग्राउन्ड क्लियरेन्स २३० एम एम हो, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ। यसले १ टन को पेलोड वजन उठाउन सक्छ।

हन्टर ६ स्पीड औटोमेटिक गेयर ट्रान्स्मिसन्को साथमा आउने गर्दछ, जसले आफैँ नै रोडको कन्डीसन अनुसार गेअर बदल्न मदत गर्दछ।

हन्टरको अरु विशेषता भनेको १० इन्चको एचडी इन्फोटेनमेन्ट टच स्क्रिन, पुष इन्जिन स्टार्ट बटन, क्रूज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, र हिल डिसेन्ट कन्ट्रोल रहेको छ। यसमा आरामदायी पावर अस्सिसटेड सीट पनि रहेको छ। साथै, हन्टरमा स्पोर्ट मोड र इकोमोड पनि रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .