ad ad

कारोबार


एभरेष्ट बैंकको ‘डिबेन्चर २०८६’ बिक्री खुला

एभरेष्ट बैंकको ‘डिबेन्चर २०८६’ बिक्री खुला

नेपालखबर
माघ २, २०७८ आइतबार २२:१२, काठमाडौँ

 एभरेष्ट बैंक लिमिटेडले डिवेन्चर २०८६ को निष्काशन तथा बिक्री खुला गरेको छ। 

आठ वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु. १००० अंकित मूल्यका २० लाख कित्ताले हुन आउने रु.२ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गरेको हो।

सोमध्ये ६० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु.१२० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने तथा ४० प्रतिशत अर्थात ८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. ८० करोड ऋणपूँजी रकम (सो मध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने कम्पनीले जनाएको छ।
 

यो ऋणपत्र निष्काशन माघ ३ बाट खुल्ला रहने र निष्काशन बन्द छिटोमा माघ ६ हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .