ad ad

कारोबार


‘खुकुरी स्पाइस्ड रम’ बजारमा, कस्तो छ स्वाद?

‘खुकुरी स्पाइस्ड रम’ बजारमा, कस्तो छ स्वाद?

नेपालखबर
माघ २, २०७८ आइतबार २२:७, काठमाडौँ

नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । 

विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी एक्सएक्सएक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार ‘खुकुरी एक्सएक्सएक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ । 

रमका पारखीहरुले ‘खुकुरी एक्सएक्सएक्स रम’मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन् । ग्राहकहरुको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट सम्मिश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको हो । 

यसअघिका वर्षहरुमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो । त्यहाँ निकै नै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको हो । 

यो नयाँ स्वादको रम बजारमा उतार्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो । विशेष गरी ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरुले औधि मन पराएको सो क्रममा पाइएको थियो । 

प्रिमियम ‘खुकुरी एक्सएक्सएक्स रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य ‘खुकुरी एक्सएक्सएक्स रम’भन्दा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टिलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए । 

विशेष रुपमा तयार गरिएको ‘स्पाइस्ड रम’ उत्पादन क्षमता र उत्पादन जटिलताले गर्दा सीमित परिमाणमा मात्र बजारमा जानेछ । चालू आर्थिक वर्षमा बढीमा छदेखि सात हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने लामिछानेले जानकारी दिए । ‘स्पाइस्ड रम’को उत्पादन क्षमता आगामी वर्षदेखि भने बढाउन प्रयास गरिने उनको भनाइ छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .