ad ad

कारोबार


मेलम्चीको पानी बाँड्न उपत्यकामा बिछ्याइयो १२ सय २० किमि नयाँ पाइपलाइन

मेलम्चीको पानी बाँड्न उपत्यकामा बिछ्याइयो १२ सय २० किमि नयाँ पाइपलाइन

नेपालखबर
माघ २, २०७८ आइतबार १६:२३, काठमाडौँ

मेलम्चीको खानेपानी दीगो एवम् भरपर्दो प्रणाली मार्फत काठमाडौं उपत्यकाबासीको घर घरमा उपलब्ध गराउन हालसम्म करिब १ हजार २ सय २० किलोमिटर खानेपानीको नयाँ वितरण सञ्जाल तयार भएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)बाट काठमाडौं उपत्यकाको चक्रपथभित्र विभिन्न क्षेत्रमा गरी १ हजार २ सय २० किलोमिटर नयाँ खानेपानी पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भई नयाँ खानेपानी वितरण सञ्जाल तयार भएको हो। 

यसबाट ती क्षेत्रका करिब एक लाख घरधूरीमा खानेपानीका नयाँ पाइपलाइन पुगेको आयोजना उपनिर्देशक एवम् सूचना अधिकारी उज्वल प्रजापतिले जानकारी दिए। 

यसैगरी, काठमाडौं उपत्यकाको चक्रपथभित्र खानेपानी सञ्जाल सुधार एवम् विकास गर्ने क्रममा बाँकी रहेका क्षेत्रहरू र चक्रपथ बाहिरका विभिन्न स्थानमा समेत नयाँ खानेपानी पाइपलाइन बिछ्याउने कार्यलाई तीव्रता दिइएको उनको भनाइ छ।  

त्यस क्रममा काठमाडौंको चपक्रपथभित्रका गोंगबु, म्हेपी, नयाँबजार, स्वयम्भु, बाफल, कलंकी, कालीमाटी, सोल्टीमोड र डल्लुक्षेत्रमा गरी २२४ किलोमिटरमध्ये ५० किलोमिटर र वसुन्धरा, बालुवाटार, धुम्बाराही, रानीबारी, कपुरधारा, सामाखुशी, उत्तरढोका, लाजिम्पाट, गौरीघाट, महाराजगञ्ज, विशालनगर, सुकेधारा, चाबहिल, लैनचौर र हाँडिगाउँ क्षेत्रमा गरी २४९ किलोमिटरमध्ये ६० किलोमिटर खानेपानी वितरण पाइपलाइन बिछ्याइएको छ ।

जसबाट ती क्षेत्रका जम्मा ५३ हजार १०६ घरधूरीमध्ये ११ हजार ६२८ घरधूरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ। 

यसैगरी, काठमाडौंको चक्रपथबाहिरका मण्डिखाटार, कपन, गल्फुटार, चावहिलको बाहिरी भाग र तीनचुलीलगायतका क्षेत्रमा जम्मा २९० किलोमिटरमध्ये हाल ६४ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ। जसबाट ती क्षेत्रका जम्मा ९ हजार ७७६ घरधूरीमध्ये ४ हजार ३६ घरधूरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ ।

यस्तै, खानेपानी चुहावट नियन्त्रणका लागि हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खानेपानी वितरण संजालका पाइपलाइनहरूको परीक्षण गर्ने कार्य समेत भइहेको छ ।

यसका साथै, वितरणका लागि खानेपानी भण्डारण गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कुल ७४ हजार ५०० घनमिटर क्षमताका १० वटा ठूला खानेपानी भण्डारण ट्याङ्कीको निर्माण सम्पन्न भएको छ भने ती ट्याङ्कीसम्म खानेपानी लैजान निर्माण गरिएको ७७ किलोमिटर थोक वितरण संजालको परीक्षण गर्ने कार्य सम्पन्न गरी संचालनका लागि तयारी अवस्थामा राखिएको छ ।

यसैगरी, केयूकेएलका मौजुदा आठवटा खानेपानी भण्डारण ट्याङ्कीहरूलाई समेत नयाँ खानेपानी वितरण प्रणालीसँग जोडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .