अजोड इन्स्योरेन्स लिमिटेडले गत पुस २८ र २९ गते पर्वतको जलजला गाउँपालिका ७, धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम गरेको छ।
कम्पनीले जलजला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम गरेको हो।
कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्त्व तथा प्रभावकारिताबारे प्रस्ट पारेका थिए।
सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो।
15
Shares
प्रतिक्रिया