सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन्।
सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा सीईओ श्रेष्ठले आउँदो माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन्।
रमेश कुमार श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए। वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्।
उनी सञ्चालन, व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धनमा विशेष दखल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन्।
57
Shares
प्रतिक्रिया