ad ad

कारोबार


हिमालयन बैंकद्वारा २६ प्रतिशत लाभांश पारित

हिमालयन बैंकद्वारा २६ प्रतिशत लाभांश पारित

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १८:१३, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ।

शुक्रबार सम्पन्न बैंकको २९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदनसहित सोही आ. व. को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको हो।

यसका साथै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड बिचको मर्जर सम्बन्धी विशेष प्रस्ताव भने साधारण सभाले अस्वीकृत गरेको छ।

उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित सेयरधनीहरु मध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था छ।

तर उक्त प्रस्तावको पक्षमा आवश्यक पचहत्तर प्रतिशत मत नपुगेको कारण अस्वीकृत भएको छ। उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३ प्रतिशत, विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .