ad ad

कारोबार


९ सय पुग्यो एमजीको विद्युतीय गाडी जेटएस बिक्री, अब फेसलिफ्ट आउँदै

९ सय पुग्यो एमजीको विद्युतीय गाडी जेटएस बिक्री, अब फेसलिफ्ट आउँदै

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १७:५७, काठमाडौँ

नेपाली बजारमा ९ सय बढी बिक्री भएको एमजी जेटएस फेसलिफ्ट नेपाल आउने भएको छ। 

एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ फेसलिफ्ट ल्याउने तयारी गरेको हो। 

२ वर्षअघि नेपालमा सार्वजनिक भएको जेटएसको डिजाइनमा केही परिवर्तनसहित नेपाल आउने भएको छ। 

विश्व बजारमा गत अक्टोबरमा सार्वजनिक भएको जेटएस फेसलिफ्ट भारतमा फेब्रुअरीमा सार्वजनिक हुने बताएको छ। 

पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले जेटएस ९ सय बढी गाडी नेपालमा बिक्री भएको बताए। 

अर्यालले फेसलिफ्ट ल्याउने विषयमा छलफल भए पनि अझै समय लाग्ने बताएका छन्।

‘फेसलिफ्ट ल्याउने विषयमा छलफल भइरहेको छ। ३ देखि ४ महिनाभित्र फेसलिफ्ट आउँछ’, अर्यालले भने, ‘फेसलिफ्टको मूल्य कति हुने भन्ने तत्काल भन्ने अवस्था छैन।’

बेलायती पुरानो ब्रान्ड एमजीले चिनियाँ प्लान्टमा निर्मित जेटएस गाडी  नेपाल ल्याउने गरेको छ। 

उनले विद्युतीय गाडीको बिक्रीमा करिब ५० प्रतिशत बजार हिस्सा एमजीको रहेको बताएका छन्। 

‘एमजी जेटएस एसयूभी सेगमेन्टमा एफोर्डेबल मूल्ययुक्त छ’, अर्यालले भने, ‘बजारमा अरु विद्युतीय गाडीको मूल्य महंगो हुँदा पनि जेटएस बढी बिक्री भएको हुनसक्छ।’

जेटएसको सुरुवाती मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ। उनले मूल्यसँगै गाडीको ग्राउन्ड क्लियरेन्स लगायत कारणले बढी बिक्री भएको बताए। 

नयाँ जेटएसमा रेञ्ज बढ्यो, एडभान्स सिस्टम जडान
फेसलिफ्ट जेटएसमा ब्याट्रीको क्षमता बढाएसँगै गाडीको रेञ्ज पनि बढेको छ। जेटएसको स्ट्यान्डर्ड रेञ्ज ५१ किलोवाट आवर छ जसले एकपटकको चार्जमा ३२० किमि गुड्न सक्छ। 

लंग रेञ्जको फेसलिफ्टमा ७२.६ किलोवाट आवरको ब्याट्री छ जसले ४४० किमिसम्म रेञ्ज रहने बताइएको छ। 

यसअघि स्ट्यान्डर्ड रेञ्जमा ४४.५ किलोवाट आवरको ब्याट्री थियो। नयाँ गाडीको फेसलिफ्टमा पावर समेत बढेको छ। स्ट्यान्डर्ड रेञ्जले १७७ पीएस पावर र २८० एनएम टर्क जेनेरेट गर्छ भने लंग रेञ्जले १५६ पीएस र २८० एनएम टर्क जेनेरेट गर्छ। 

गाडीको अधिकतम स्पिड पनि बढेको छ हाल १४० प्रतिघण्टा रहेकोमा १७५ किमि पुगेको छ।  

अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको जेटएसमा वाटर कुल लिथियम आयन ब्याट्री छ। ५० भोल्टको फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज १ घण्टामै हुने कम्पनीले उल्लेख गरेको छ।    

अर्यालले नेपालमा कस्तो भेरियन्टमा उपलब्ध हुने भन्ने निश्चित नभइसकेको बताए।  

एडभान्स ड्राइभर एसिस्टेन्स सिस्टम
गाडीमा एडभान्स ड्राइभर एसिस्टेन्स सिस्टम छ। जुन अगाडि ट्राफिक व्यस्त छ भने गाडीको स्पिड घट्ने र खाली हुँदा अटोमेटिक बढ्ने फिचर्स रहेको छ।

त्यसबाहेक सडक सुरक्षाको लागि गाडी ठोक्कन नदिन कोलिसन वार्निङ, अटोमेटिक ब्रेकिङ र लेन किम एसिस्ट सिस्टम छ। 

पहिला ८ इन्च टचस्क्रिन रहेको गाडीमा १०.१ इन्च कलर टचस्क्रिन, टप भेरियन्टमा वायरलेस मोबाइल फोन चार्जिङ सिस्टम समेत छ। 

जेटएस नयाँ कलरमा समेत छ। नयाँ गाडीमा कम्पनीले एलईडी डीआरएलमा स्लिम हेडल्याम्प, एलईडी टेलल्याम्प छ। गाडीको अगाडि र पछाडिको बम्पर परिवर्तन गरिएको छ। गाडी पहिलाको भन्दा बढी स्पोर्टी देखिएको छ। 

गत अक्टोबरमा विश्वभर लञ्च भएको फेसलिफ्टमा केही डिजाइन परिवर्तन गरिएको छ। पेट्रोल गाडी एमजी एस्टोरसँग मिल्ने डिजाइन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .