ad ad

कारोबार


सेञ्चुरी बैंकको ६.०५ प्रतिशत लाभांश पारित

सेञ्चुरी बैंकको ६.०५ प्रतिशत लाभांश पारित

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १६:३६, काठमाडौँ

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। 

उक्त सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ सञ्चालन भएको हो। 

साधारणसभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको छ। २०७८ असार मसान्तमा कायम चुक्ता पुँजीमा नौ अर्ब तीन करोड ४४ लाख २९ हजार पाँच सय दुई रुपैयाँ ५० पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६ सय ९६ रुपैयाँ ३९ पैसाबराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसाबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ। साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीहको सेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ्ग र १०८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .