ad ad

कारोबार


मेलम्ची खानेपानी आयोजनाबारे विकास समितिको यस्तो निर्देशन

मेलम्ची खानेपानी आयोजनाबारे विकास समितिको यस्तो निर्देशन

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १६:८, काठमाडौँ

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पथान्तरण गर्ने गरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ। 

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठाउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको हो। 

बैठकपछि समितिकी सभापति कल्याणीकुमारी खड्काले खानेपानी मन्त्रालयका जिम्मेवार निकायहरुबाट काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा विस्तारका लागि भइरहेका कार्यहरु अन्य निकायहरुबाट आवश्यक समन्वय नभई क्षति पु¥याउने कार्य भइरहेकोले तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पु¥याइएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइन्। 

उनले यस्तो समस्या दोहोरिन नदिनका लागि विधेयक संसदमा पेश गर्न पनि सरकारलाई निर्देशन दिइन्। समितिले नेपालमा खानेपानीको मुहान सुक्दै गइरहेको अध्ययनले देखाएकोले मुहान संरक्षणको कार्ययोजना बनाइ कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ।

सभापति खड्काले भनिन्, ‘नवनियुक्त नेपाल सरकारका खानेपानी मन्त्री मान्य उमाकान्त चौधरीलाई समितिमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरियो । हालै मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठान्तरण गर्ने गरी बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिन्छ।’ 

नेपाल सरकार खानेपानी मन्त्रालयका जिम्मेवार निकायहरुबाट काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा बिस्तारका लागि भइरहेका कार्यहरु अन्य निकायहरुबाट आवश्यक समन्वय नभई क्षति पु¥याउने कार्य भइरहेकोले यसरी तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पु¥याइएको कामको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन र यस्तो समस्या दोहोरिन नदिनका लागि यूटिलिटी करिडोर विधेयकको मस्यौदा ८१ संसदमा पेश गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलाई समितिले निर्देशन दिएको छ। 

’नेपालमा गरिएका विभिन्न अध्ययनहरुले केही दशकयता पानीका मुहानहरु सुक्दै गइरहेको देखिएको छ’, सभापति खड्काले भनिन्, ‘यसरी पानीका मुहानहरु सुक्दै जाँदा पानी उपभोगमा प्रत्यक्ष रुपमा नकारात्मक असर पुग्ने मात्र नभई जैविक विविधता र पर्यावरणमा समेत नकारात्मक असर पुग्ने हुँदा अहिले भइरहेको र भविष्यमा झनै तापमान वृद्धि र वर्षातको फेरबदलले प्रत्यक्ष असर पार्ने पानीको मुहान सुक्नुको कारण रहस्य पत्ता लगाई अहिलेदेखि नै मुहान संरक्षणको कार्ययोजना बनाइ कार्यान्वयनमा लैजान समिति नेपाल सरकार खानेपानी मन्त्रालयलाई निर्देशन गर्दछ।’ 

समितिले हालैको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेको अवस्थामा काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएकोले त्यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन समिति नेपाल सरकार खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ। 

सभापति खड्काले बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेकोले काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएको भन्दै त्यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन खानेपानी मन्त्रालयलाई निर्देशन दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .