अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ३९ करोड ५९ लाख अमेरिकी डलर ऋण सहायता विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत उपलब्ध गराउने भएको छ।
कोषले ४६ अर्ब ७४ करोड रुपैयाँ यसअन्तर्गत उपलब्ध गराउनलागेको हो।
कोषको कार्यकारी बोर्डले उक्त ऋण स्वीकृत गरेको हो। यसबाट स्वास्थ्य, आर्थिक क्षेत्र, जोखिम समूह, वित्तीय स्थिरता, दिगो आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा कोभिड १९ ले पार्ने प्रभावविरुद्ध लड्न सरकारलाई सहयोग मिल्नेछ।
उक्त ऋण स्वीकृतिसँगै नेपालले ११ करोड अमेरिकी डलर तत्कालै पाउनेछ। जुन बजेटमार्फत खर्च गर्न सकिनेछ।
यो सुविधा सन् २०२० को मेमा कोषले नेपाललाई गरेको द्रुत ऋण सुविधा (आरसीएफ)अन्तर्गतको २१ करोड ४० लाख डलरजस्तै रहेको छ।
विदेशी मुद्रा सञ्चितिमा दबाब सुरु हुँदै गर्दा कोषले उपलब्ध गराउने ऋण सुविधाले नेपाललाई राहत मिल्ने देखिएको छ।
Shares
प्रतिक्रिया