कारोबार


पाल्पा सिमेन्ट र सुष्मा कोइराला मेमोरियल अस्पतालबीच जलनपीडितको निःशुल्क उपचार गर्ने सम्झाैता

पाल्पा सिमेन्ट र सुष्मा कोइराला मेमोरियल अस्पतालबीच जलनपीडितको निःशुल्क उपचार गर्ने सम्झाैता

सुष्मा कोइराला मेमोरियल अस्पतालले नेपालभरका १८ वर्षमुनिका एसिडलगायत जलनबाट पीडितहरुको निःशुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडसँग सम्झौता गरेको छ। 

एसिडलगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको हो। 

सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय विष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवाल अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका लागि सहयोग उपलब्धा गराउन सक्रिय उज्वलविक्रम थापाबीच हस्ताक्षर भएको हो। सम्झौतापश्चात पाल्पा सिमेन्टले अस्पताललाई उपलब्ध गराउने उक्त रकमबाट पीडितको निःशुल्क उपचार हुने बताइएको छ ।

२५ वर्षअघि स्थापना भएको काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले जलेर अपाङ्ग वा अङ्गभङ्ग भएका १८ वर्षमुनिकालाई अपाङ्गरहित जीवनयापनमा सहज होस भनेर निःशुल्क उपचारका लागि पाल्पा सिमेन्टसँग सहकार्य थालेको जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य उपचारबाट बञ्चितहरुलाई यो सहकार्यले मद्दत गर्ने इन्टष्ट्रिजले जनाएको छ । यस्तो महान कार्यमा योगदान गर्ने अवसर पाएकोमा कृतज्ञ रहेको बताउँदै सुष्मा कोइराला मेमोरियल अस्पतालले समाजलाई यस्तो सेवा प्रदान गरेकोमा आभारी रहेको इन्डष्ट्रिजले जनाएको छ ।

आगोले जलेर उपचार नहुँदा आउन सक्ने जटिलताका कारण विशेष गरी निम्न र मध्यम आए भएका बालबालिका र किशोरकिशोरी बढी पीडित छन् ।    
 

पुस ३०, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .