कारोबार


क्लासिक टेकले लन्च गर्यो उच्च इन्टरनेट गतिको टाक्एन प्याकेज

क्लासिक टेकले लन्च गर्यो उच्च इन्टरनेट गतिको टाक्एन प्याकेज

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखि शुभारम्भ  भएको र १२ वर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा  सञ्चालनमा  ल्याएको  छ।

देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्यमा उच्च  गतिको इन्टरनेट देशको सबै गाउँ र सहरमा  सेवा दिँदै आएको छ ।

फाइभ गिगाहर्ज राउटर र मेष वाइफाई ल्याएको क्लास्सिक टेकले इन्टरनेटको आवश्यकता र आफ्ना प्रयोगकर्ताहरुको मार बुझेर छिटो छरितो र एकदमै न्यून मूल्यमा नयाँ उच्च इन्टरनेट गतिको टाक्एन प्याकेज ल्याएको  छ। 

फेसबुक लाइभमार्फत नयाँ ब्राण्ड एम्बासेडर  बिपिन कार्कीद्वारा उक्त प्याकेज सार्वजनिक गरिएको हो । कम्पनीको उद्देश्य 'उच्च गतिको  इन्टरनेट सेवा  न्यून  मूल्यमा  सबै सहर तथा गाउँ घरमा पहुँच' हुने  रहेको छ ।

टाक्एन प्याकेजमा १५० एमबीपीएस, २२५ एमबीपीएस, ३२५ एमबीपीएस, ६२५ एमबीपीएस र १००० एमबीपीएसको विभिन्न प्याकेजहरु समायोजन गरिएको छ। 

१५० देखि १००० एमबीपीएससम्मको प्याकेज क्लास्सिकको वेबसाइटमार्फत लिन सकिनेछ्र अहिलेको परिस्थितिमा इन्टरनेटको महत्व झन् बढेर गएको र प्रयोगकर्ताहरुले भोग्नुपर्ने सम्भावित समस्याहरुलाई मध्यनजर राखेर टाक्एन प्याकेज ल्याएको कम्पनीले जनाएको छ। 

यो प्याकेजमा के पाउँछन् ग्राहकले ?
१ अहिले क्लास्सिक टेक प्रयोग गरिरहेका प्रयोगकर्ता हरुको प्याकेज ६५० गुणाले निशुल्क अपग्रेड गरिएको छ। 
२ टाक्एन प्याकेज प्रयोग कर्ताले आईपीटीभी  सित्तैमा प्रयोग गर्न सकिनेछ।
३ टाइम  ब्याक सिस्टम रहेको जसमा केहि प्राविधिक कारणवश सेवा अवरुद्ध हुन पुगेमा कम्पनीले त्यसको क्षतिपूर्ति  बापत दिनहरु थप गर्न सक्नेछ।

पुस ३०, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .