कारोबार


नबिल र एनबी बैंक एक हुने समझदारी, १००:४३ को स्वाप रेसियो रहने

नबिल र एनबी बैंक एक हुने समझदारी, १००:४३ को स्वाप रेसियो रहने

दुई वाणिज्य बैंकहरु नबिल र एनबी बैंक एक हुने समझदारी भएको छ। नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने भएको हो। 

बिहीबार एक समारोहका बीच होटल भिभान्तामा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

दुवै बैंकले खडा गरेको मर्जर समितिले आज यससम्बन्धी समझदारी गरेको हो। 

नबिलको तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका हुन्। 

उपाध्याय नबिल बैंकका मर्जर कमिटी संयोजक समेत रहेका छन्। एनबी बैंकको तर्फबाट बैंक सञ्चालक समिति सदस्य एम साह अलाम सलवार संयोजक छन्।

सम्झौताअनुसार १००ः४३ को स्वाप रेसियोअनुसार एक हुने प्रक्रिया अघि बढ्नेछ। 

एनबीको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ। नबिलको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ। साधारणसभाले ३३ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी बढ्नेछ।

नबिल बैंकको मुख्य लगानीकर्ता रहेको चौधरी ग्रपले एनबी बैंकमा मुख्य लगानी रहेको विदेशी पार्टनर आईएफआइसी सेयर खरिद कार्य भने तत्कालको लागि रोकिएको छ। 

काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई नबेच्न आदेश दिएको छ। 

नेपाल बंगलादेश बैंकमा आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई बिक्री गर्ने प्रक्रिया रोक्न न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले आदेश गरेको हो।

सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यवसायी मोतीलाल दुगडले बंगलादेश बैंकले आफूलाई बेच्ने सहमति गरेर पनि पुनः चौधरी ग्रुपलाई सेयर बेच्न लागेको भन्दै मुद्दा दायर गरेका थिए। 

दुगडले दायर गरेको मुद्दामा मंगलबार बहस सकिएको थियो। 

बुधबार फैसलाको पूर्णपाठ जारी गर्दै अदालतले उक्त सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु भनेर आदेश दिएको हो। 

उक्त सेयर किन्न आठ महिनाअघि नै अर्थात् गत अप्रिल २ मा सनराइज बैंकसँग लिखित सम्झौता भएको थियो। 

सम्झौतापछि गत असार अन्तिममा ३५ दिन म्याद राखेर आईएफआईसीले सेयर बिक्रीसम्बन्धी सूचना निकालेको थियो। 

सम्झौता भए पनि सेयर बिक्रीमा भने उसले आलटाल गर्दै आएको थियो। 

चौधरी ग्रुपले आइएफआइसी सेयर १ सय ५७ रुपैंया खरिद गर्ने तयारी गरेको थियो।  

अदालतले यसबारे एनबी बैंकलाई ७ दिनभित्र जवाफ दिन भनेको छ। जवाफ आएपछि अदालतबाट हुने आदेशपछि सो सेयर खरिद प्रक्रिया अघि बढ्ने वा नबढ्ने छिनोफानो हुनेछ। 

चौधरी ग्रुपको विपक्षमा नै फैसला आएको खण्डमा मर्जरको प्रक्रिया केही लम्बिनसक्ने देखिएको छ। 

पुस २९, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .