कारोबार


यति एयरलाइन्स र यूएनडीपीबीच दीगो विकास लक्ष्य प्राप्तिसम्बन्धी सम्झौता

यति एयरलाइन्स र यूएनडीपीबीच दीगो विकास लक्ष्य प्राप्तिसम्बन्धी सम्झौता

नेपालखबर
पुस २९ , काठमाडौँ

यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच  दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धी सम्झौता भएको छ। 

बुधबार काठमाडौंमा एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपीबीच दीगो विकास लक्ष्य प्राप्तिसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 

सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरलाइन्सका प्रमुख कार्यकारी निर्देशक (सीईओ) अनोज रिमालले र यूएनडीपीको तर्फबाट नेपाल प्रमुख आइसाने लावेले हस्ताक्षर गरेका हुन्। 

कार्यक्रममा बोल्दै यति एयरलाइन्सका सीईओ रिमालले यूएनडिपीसँग सन् २०१७ साल देखि नेपालमा मौसम परिर्वतन सम्बन्धी, स्वास्थ्य ,शिक्षा र पर्यटन क्षेत्रमा काम गदै आएको बताए। 

उनले यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्दै आएको बताए। 

सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक, विभिन्न तालिमहरुको लागि थप सहयोग पुग्ने सीईओ रिमालले बताए। उनले पहिलेदेखि गर्दै आएको बिरुवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको बताए।

सीइैओ रिमालले भने, ‘यूएनडीपीसँग विगत सन् २०१७ साल देखि निरन्तररुपमा मौसम परिर्वत तथा शिक्षा, स्वास्थ्य र पर्यटन प्रर्वद्धनको क्षेत्रमा काम गरेका थियौँ। नेपालको सबैभन्दा बढी नेटवर्क भएको एयरलाइन्स भएकाले यूनएनडीपीको प्रचार पनि हुने तर यसले गरेका काम प्रभावकारी हुने भएकाले एयरलाइन्सले सहकार्य गर्दै आएको छ।’ 

एयरलाइन्स कर्णाली तथा सुगम र दुर्गम स्थानमा समेत उडान गर्दै आएको छ। यूएनडीपीसँग मिलेर एयरलाइन्सले पनि वातावरणको क्षेत्रमा केही नयाँ काम गर्ने गरी सम्झौता गरिएको उनले बताए। 

‘यति एयरलाइन्स कार्वन न्यटन एयरलाइन्स भनेर चिनिदै आएको छ। यो वर्ष पनि यसको लागि प्रयास गरिरहेका छौँ। एयरलाइन्स सन् २०१६ साल देखि वातावरण सरसफाई र सगरमाथाको फोहोर उठाउने काम गर्दै आएको छ’, उनले भने, ‘यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रमा बढी प्राथकिता दिएर काम गर्दै आएको छ । सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक,विभिन्न तालिमहरुको लागि थप सहयोग पुग्ने छ । पहिले देखि गदै आएको विरुवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको हो ।’

त्यस्तै, यूएनडीपीका नेपाल प्रमुख आइसाने लावेले यति एयरलाइन्ससँगको सम्झौता नयाँ नभएको बताए। उनले विगत सन् २०१७ देखि निरन्तर रुपमा वातारणको क्षेत्रमा काम गर्दै आएको बताए।

कार्बन उत्सर्जन कम गर्न वातावरणको दीगो संरक्षण र विकासमा यो सम्झौताले महत्वपूर्ण काम गर्ने बताए। प्रमुख लावेले यति एयरलाइन्ससँग वातावरणको क्षेत्रमा थप काम गर्ने सम्झौता गर्न पाउँदा खुसी व्यक्त गर्नु भएको बताए। 

उनले सम्झौतामा ५० हजार विरुवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने  र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको बताए। 

प्रमुख लावेले भने, ‘यति एयरलाइन्ससँगको सम्झौता नयाँ होइन । सन् २०१७ देखि निरन्तर रुपमा वातारणको क्षेत्रमा सहकार्य गर्दै काम गरिरहेका छौं ।यति एयरलाइन्ससँग वातावरणको क्षेत्रमा थप काम गर्ने सम्झौता गर्न पाउँदा खुसी लागेको छ । यो सम्झौतामा ५० हजार विरुवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने  र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको हो।’

यति एयरलाइन्सले कोरोना महामारी भन्दा अगाडि एक हवाइ यात्रु एक विरुवा रोप्ने अभियान समेत गर्दै आएको थियो । तर यो अभियान कोरोना महामारीको कारणले रोकिएको छ । एयरलान्सले अहिलेसम्म २ लाख ७३ हजार भन्दा बढी विरुवा विभिन्न ठाँउमा रोपेको एयरलाइन्सले बताएको छ । 

पुस २९, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad