ad ad

कारोबार


एनसीसी बैंकको ८ प्रतिशत लाभांश पारित, चुक्त पुँजी ११ अर्ब १३ करोड पुग्ने

एनसीसी बैंकको ८ प्रतिशत लाभांश पारित, चुक्त पुँजी ११ अर्ब १३ करोड पुग्ने

नेपालखबर
पुस २९, २०७८ बिहिबार १७:४७, काठमाडौँ

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको बैंकले जनाएको छ। 

सभाबाट पारित ८ प्रतिशत बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ।

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रू. ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .