नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि चालू आवको पाँच महिनामा ६० अर्ब तरलता प्रशोचन गरेको छ।
आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत १०१ अर्ब ८० करोड गरी कुल १६१ अर्ब ८० करोड तरलता प्रशोचन भएको थियो।
समीक्षा अवधिमा रिपोमार्फत २८७ अर्ब २३ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड र स्थायी तरलता सुविधामार्फत २४०६ अर्ब ६२ करोड गरी कुल २७२१ अर्ब ६ करोड तरलता प्रवाह गरिएको छ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर ५५ करोड २८ लाख खुद खरिद गरी ६६ अर्ब ४३ करोड तरलता प्रवाह गरेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ८७ करोड खुद खरिद गरी २२१ अर्ब ८४ करोड तरलता प्रवाह गरिएको थियो।
समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ८२ करोड बिक्री गरी रु.२१६ अर्ब ९१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ६२ करोड बिक्री गरी रु.१९१ अर्ब ९६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
प्रतिक्रिया