ad ad

कारोबार


बैंकहरुले गरे अघिल्लो वर्षको ५ महिनामा भन्दा ३.३ प्रतिशतले धेरै कर्जा प्रवाह

बैंकहरुले गरे अघिल्लो वर्षको ५ महिनामा भन्दा ३.३ प्रतिशतले धेरै कर्जा प्रवाह

नेपालखबर
पुस २९, २०७८ बिहिबार १६:२१, काठमाडौँ

सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाले अघिल्लो वर्षको पहिलो पाँच महिनामाभन्दा चालू आवको सोही अवधिमा ३.३ प्रतिशतले कर्जा प्रवाह बढाएका छन्। 

मंसिरसम्मको राष्ट्र बैंकको ताजा तथ्यांकअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको हो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३१.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १०.० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १७.५ प्रतिशतले बढेको छ ।

२०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । 

२०७७ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.३ प्रतिशत र १२.१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १७.२ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा ५.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ८.२ प्रतिशतले र हायर पर्चेज कर्जा ५.१ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ५.३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .