नेपालमा पछिल्लो ५ महिनामा आयात ह्वात्तै बढेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांकअनुसार सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा ५९.५ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु आयात ८ खर्ब ३८ अर्ब ४१ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधि, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्तीलगायतका वस्तुको आयात घटेको छ।
पुस २९, २०७८, बिहीबार
प्रतिक्रिया