कारोबार


बुद्ध एयरको सर्वेक्षणः नेपालमा हवाइ यात्रा गर्ने ९५ प्रतिशत यात्रुले खोप लगाइसके

बुद्ध एयरको सर्वेक्षणः नेपालमा हवाइ यात्रा गर्ने ९५ प्रतिशत यात्रुले खोप लगाइसके

नेपालखबर
पुस २९ , काठमाडौँ

नेपालमा हवाइ यात्रा गर्नेमध्ये ९५ प्रतिशत यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका छन्। 

बुद्ध एयरले उडान गरिरहेका गन्तव्यमार्फत गरेको एक सर्वेक्षणअनुसार अधिकांश यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका छन्। 

१८९५ यात्रुहरुमाथि गरिएको सर्वेक्षणमा १७९३ जना यात्रुहरुले खोप लगाइसकेको देखिएको हो। यसअनुसार खोप लगाईसकेका यात्रुहरुको संख्या ९५ प्रतिशत हाराहारी हुन्छ।

बुद्ध एयरका पनि सम्पूर्ण कर्मचारीले पूर्ण मात्रामा खोप लगाइसकेका छन्।

बुद्ध एयरका प्रबन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतले आफूहरूले पूर्ण सावधानीका साथ सेवा दिइरहेकाले सेवा निरन्तर हुने बताए।

 ‘पहिलोपटक संक्रमण हुँदा उडान बन्द भएपछि हामीलाई पनि त्रास थियो । जानकारी थिएन । यसमा अध्ययन भएको थिएन। हामीले यसअघि दुईपटक उडान बन्द पनि गरेका छौं। तर अब त्यसरी हुँदैन । हामीसँग तथ्यांक पनि छ । अब हामीसँग अनुभव पनि भएको छ । पूर्ण सावधानीका साथ हामी हवाईसेवा सञ्चालन गरिरहेका छौँ’, बस्नेतले भने।

पहिलो लकडाउनको समयमा बुद्ध एयरले कोरोनाविरुद्ध निर्देशिका बनाएर महिनौं पूर्वअभ्याससमेत गरेको थियो। आफ्ना सबै कर्मचारीलाई विश्व स्वास्थ्य संगठन तथा नागरिक उड्डयन प्राधिकरणको निर्देशिका अनुसार सम्पूर्ण सुरक्षाका उपायका अपनाएर पिपिई, मास्क तथा तालिम प्रदान गरेको थियो। 

त्यस्तै संक्रमणरहित सरसफाइका लागि फग मेशिन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका केमिकलको प्रयोग निरन्तर भइरहेको बस्नेतले बताए। उनले हरेक उडानपूर्व जहाजको सरसफाईलाई अनिवार्य बनाएको बताए।

हवाई उडान संक्रमणरहित भएको विभिन्न अध्ययनबाट पनि पुष्टि भएको छ। एटीआर जहाजमा प्रत्येक तीन मिनेटमा पुरानो हावा विस्थापित हुँदै स्वच्छ हावा प्रवाह हुने गरेको छ। हावाको वहाव संक्रमणरहित हुने गरेको एटीआर कम्पनीले पुष्टि गरिसकेको छ।

प्रबन्धनिर्देशक बस्नेतले बुद्ध एयरमा यात्रा गर्ने यात्रुले ढुक्क भएर यात्रा गर्न पाउने दाबी गरेका छन्। ‘हाम्रो उडान संक्रमणरहित छ, यहाँहरू ढुक्कका साथ उडान गर्नसक्नुहुन्छ’, उनले भने।

त्यसैगरि यात्रुहरुले पनि कोभिडविरुद्धको प्रोटोकलअनुसार सहयोग गर्न उत्तिकै अनिवार्य रहेको बस्नेतले बताए ।

सुरक्षा चेकजाँचदेखि ब्यागेज नबुझेसम्म यात्रा अवधिभर मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ। त्यस्तै नियमित अन्तरालमा सेनिटाईजको प्रयोग गरिराख्नुपर्ने बुद्ध एयरले विज्ञप्तिमार्फत यात्रुहरुलाई अनुरोधसमेत गरेको छ ।

बुध्द एयरले गरिराखेको सर्भेक्षणको नतिजा हरेक साता प्रकाशित गर्ने जनाएको छ।

पुस २९, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad