ad ad

कारोबार


२०२१ मा बीएमडब्ल्यूले डेलिभर गर्‍यो २२ लाख १० हजार गाडी, हालसम्मकै बढी

२०२१ मा बीएमडब्ल्यूले डेलिभर गर्‍यो २२ लाख १० हजार गाडी, हालसम्मकै बढी

तीनकुनेमा रहेको बीएमडब्ल्यूको शोरुम।


नेपालखबर
पुस २९, २०७८ बिहिबार १४:४९, काठमाडौँ

चर्चित सवारीसाधन ब्रान्ड बीएमडब्ल्यूले गत वर्ष अहिलेसम्मकै धेरै गाडी डेलिभरी गरेको छ। 

कम्पनीले सन् २०२१ मा २२ लाख १० हजार गाडी डेलिभरी गरेको हो। जुन अघिल्लो वर्षको तुलनामा ९.१ प्रतिशतले बढी भएको कम्पनीले जनाएको छ। 

त्यस्तै विद्युतीय सवारीसाधन बिक्री पनि विश्वभर दोब्बरले बढेको कम्पनीले जनाएको छ। 

यता बीएमडब्ल्यू ग्रुपले २५ लाख २० हजार सवारीसाधन डेलिभर गरेको छ। जुन पछिल्लो वर्षको तुलनामा ८.४ प्रतिशतले बढी हो। 

युरोपमा बिक्री भएकामध्ये एक भाग साना सवारीसाधन वा हाइब्रिड र पूर्ण विद्युतीय कार रहेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .