साझा यातायात सहकारी संस्था लिमिटेडको शुक्रबार हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ।
कम्पनीले सूचना जारी गर्दै कोभिड माहामारीको जोखिमलाई लक्षित गर्दै साधारणसभा स्थगित गरिएको जानकारी दिएको हो।
संस्थाले १४औँ साधारणसभाको अर्को मिति भने तोकिएको छैन।
‘कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले २५ जनाभन्दा बढीको जमघट, सभा, सम्मेलन आदि नगर्न सूचित गरेको विशेष अवस्थालाई ध्यानमा राखी उक्त मितिमा गर्ने भनिएको साधारणसभा हाललाई स्थगित गरिएको’ उल्लेख गरेको छ।
60
Shares
प्रतिक्रिया