नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा ४ सय ५० रुपैयाँको क्यासब्याक (पैसा फिर्ता) तुरुन्तै पाइने अफर ल्याएको छ।
यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु रहेको कम्पनीले जनाएको छ।
फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा १ सय ५० रुपैयाँ घट्नेछ भने बाँकी रहेको ३ सय रुपैयाँ ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर जनवरी १३, २०२२ देखि फेब्रुअरी १५, २०२१ सम्म मान्य हुनेछ।
फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले निम्न चरणहरू पालना गर्नुपर्नेछः
१) यती एयरलाइन्सको एप डाउनलोड गरी रेजिस्टर गर्नुहोस्
२) ओरिजिन, गन्तव्य, यात्राको दिन, राष्ट्रियता, यात्रा गर्नेको संख्या र बालबच्चा खोजी छनौट गर्नुहोस्।
३) सम्पूर्ण विवरण भर्नुहोस् र ‘नेक्स्ट’ मा ट्याप गर्नुहोस्।
४) खल्ती छनौट गरी भुक्तानी गर्नुहोस्।
फ्लाइट टिकट बुक भई प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन्।
यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिंग र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा हामी धेरै उत्साहित छौँ।’
त्यसैगरी, यति एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले खल्तीसँग सहकार्य गर्न पाउँदा र प्रयोगकर्ताहरूलाई सहज फ्लाइट बुकिङको अनुभव प्रदान गर्न पाउँदा उत्साहित भएको बताए।
Shares
प्रतिक्रिया