ad ad

कारोबार


सेलकम ‘नेपाल आइडल सिजन-४’ को भोटिङ पार्टनर नियुक्त

सेलकम ‘नेपाल आइडल सिजन-४’ को भोटिङ पार्टनर नियुक्त

नेपालखबर
पुस २८, २०७८ बुधबार २१:४७, काठमाडौँ

भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि., नेपाली टेलिभिजन जगतको चर्चित सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन ४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ। 

कार्यक्रमका प्रतिभाशाली प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने कम्पनीले जानकारी दिएको छ। 

सेलपे तथा श्रृष्टिबाट भोट गर्ने तरीका निम्नानुसार छन्।

सेलपेबाट भोट गर्ने तरीका
सेलपे एप गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोरबाट ‘डाउनलोड’ गरी इन्स्टल गर्ने।

सेलपेमा ‘साइन अप’ गरी ‘केवाईसी फिल अप’ गर्ने। 

‘केवाईसी भेरिफाइ’ भैसकेपछि आफ्नो बैंक खाता ‘लिंक अथवा ‘वालेट’ लोड गरी भोट गर्न सकिनेछ।

सेलपेबाट भोट गर्नका लागि सेलपेमा साइन इन गरी भोटिङआइकन क्लिक गरी मा आफूलाई मन पर्ने कनटेन्टेस्टको प्रोफाइलमा क्लिक गरी ईच्छाइएको भोट संख्या चयन गरी ‘कन्फर्म भोट’ मा क्लिक गर्ने।

‘पेमेन्ट अप्सन’ मा आफ्नो लिंक गरिएको बैंक खाता वा वालेट चयन गरी ‘पेमेन्ट अप्सन’ गरी आफ्नो ६ डिजीट पिन टाइप गर्ने।

भोट सफल भएपछि ‘भोटिङ सक्सेसफुल’ भएको नोटिफिकेसन पाइने छ।

एक एपिसोडका लागि एक भोट निशुल्क गर्न सकिने छ।

श्रृष्टिबाट भोट गर्ने तरीका
श्रृष्टि एप्प गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट डाउनलोड गरी इन्स्टाल गर्ने। 

गुगल वा फेसबुक आइकन क्लिक गरी साइन इन गर्ने। 

साइन इन गरी होमपेजमा भएको ‘नेपाल आइडल सिजन ४ ब्यानरमा क्लिक गर्ने।

‘भोट नाउ’ मा क्लिक गरीे आफूलाई मन पर्ने कन्टेस्टेन्टको प्रोफाइलमा गएर इच्छाइएको भोट संख्या चयन गरी ‘कन्फर्म भोट’ मा क्लिक गर्ने। 

स्क्रिनमा सोधिएको आवश्यक विवरणहरु भरी ‘प्रोसिड’ मा क्लिक गर्ने।

भोट सफल भए पछि ‘भोटिङ सक्सेसफुल’ भएको नोटिफिकेसन पाइनेछ।

‘वाच एडी’ हेरेर एक एपिसोडका लागि एक भोट निशुल्क गर्न सकिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .